- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभामा काठमाडौँ जिल्लामा ३१३ उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभातर्फ १४४ र प्रदेशसभातर्फ १६९ उम्मेदवारको धरौटी जफत भएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी गराए।
प्रतिनिधिसभामा १७१ र प्रदेशसभामा २२२ जना उम्मेदवार रहेका थिए। उनले सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको घरौती जफत हुने व्यवस्थाअनुसार नै उनीहरुको धरौटी जफत भएको बताए।
प्रतिनिधिसभातर्फ १० हजार र प्रदेशसभाका उम्मेदवारले रु पाँच हजार उम्मेदवार दर्ता गराउँदा शुल्क बुझाउनुपर्ने हुन्छ। काठमाडौं जिल्लामा १० निर्वाचन क्षेत्र रहेको छ। प्रायः सबै जिल्लामा विजयपछिको निकटतम प्रतिद्वन्द्वी उम्मेदवारबाहेक सबैको धरौटी जफत भएका छन्।