arrow

काठमाडौंबाट ३ सय १३ जना उम्मेदवारको धरौटी जफत

logo
प्रकाशित २०७४ पुष ४ मंगलबार
parliament_and_province_constituency.png

काठमाडौं। गत मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभामा काठमाडौँ जिल्लामा ३१३ उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभातर्फ १४४ र प्रदेशसभातर्फ १६९ उम्मेदवारको धरौटी जफत भएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी गराए।

प्रतिनिधिसभामा १७१ र प्रदेशसभामा २२२ जना उम्मेदवार रहेका थिए। उनले सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको घरौती जफत हुने व्यवस्थाअनुसार नै उनीहरुको धरौटी जफत भएको बताए।

प्रतिनिधिसभातर्फ १० हजार र प्रदेशसभाका उम्मेदवारले रु पाँच हजार उम्मेदवार दर्ता गराउँदा शुल्क बुझाउनुपर्ने हुन्छ। काठमाडौं जिल्लामा १० निर्वाचन क्षेत्र रहेको छ। प्रायः सबै जिल्लामा विजयपछिको निकटतम प्रतिद्वन्द्वी उम्मेदवारबाहेक सबैको धरौटी जफत भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ