arrow

दीपकुमार उपाध्याय धन्यबाद दिन गाउँगाउँमा, नयाँलाई घरको स्वीच खोज्दै हैरान 

logo
प्रकाशित २०७४ पुष ५ बुधबार
dip-kumar-upadhyaya-FNL-news.jpg.jpeg

जितपुर । प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेका नेपाली काँग्रेसका नेता तथा पूर्वराजदूत दीपकुमार उपाध्याय मतदातालाई धन्यवाद दिन यतिबेला गाउँ दौडाहामा व्यस्त छन् ।

निर्वाचन कपिलवस्तु क्षेत्र नं १ मा उम्मेदवार बनेका उपाध्याय वामगठबन्धनका साझा उम्मेदवार चन्द्रपाणि खनाल बलदेवसँग ९४६ मतान्तरले पराजित भएका थिए ।

नेताहरु पराजय भएसँगै मतदातासामु फर्किएर नआउने पटिपाटीको अन्त्य गर्दै उहाँ निर्वाचित उम्मेदवारभन्दा पहिले नै मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्न थालेका हुन् । 

उनले यही सोमबारदेखि आफ्नो क्षेत्रका विभिन्न वडामा गएर मतदातालाई धन्यवाद दिने र उनीहरुका गुनासा सुन्ने गर्न थालेका छन् । 

उनले सोमबार दक्षिणी क्षेत्र शुद्धोधन गाउँपालिका–६ र पचेहराका साथै मंगलबार उत्तरी क्षेत्र वडा नं ७ र ९ का मतदातालाई भेटेर धन्यवाद ज्ञापन गर्नुका साथै वडाका समस्याका बारेमा पनि जानकारी लिए ।

मंगलबार वडा–९ को बक्सीरपुरमा मतदातालाई सम्बोधन गर्दै उपाध्यायले यस क्षेत्रको विकास निर्माणमा जितेका उम्मेदवारले भन्दा कुनै कमी हुन नदिई संगठित भएर आफू विकासमा लाग्ने प्रतिबद्धता जाहेर गरे ।

उनले यस क्षेत्रका समस्याका बारेमा आफू जानकार रहेको बताउँदै जितेका उम्मेदवारलाई कटाक्ष गर्दै भने “आफ्नो घरमा कहाँ स्वीच छ, ठ्याक्कै थिचेपछि बल्छ भन्ने थाहा छ ।” नयाँलाई स्वीच खोज्दै ठिक्क हुने, तर आफूलाई भने स्वीच खोज्नु नपर्ने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ