arrow

पाल्पामा ४१ उम्मेदवारको जमानत जफत

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ पुष ५ बुधबार
palpa.jpeg

पाल्पा। मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाल्पाका ४१ जना उम्मेदवारको जमानत जफत भएको छ। जिल्लामा उम्मेदवार बनेका बामगठबन्धन र कांग्रेस बाहेकका उम्मेदवारको धरौटी जफत भएको हो। 

प्रतिनिधिसभा अन्र्तगत  जिल्लाका २ निर्वाचन क्षेत्रमा २१ जना र ४ प्रदेशसभामा ३२ जनाले उम्मेदवारी दिएका थिए। दश राजनितिक दल र स्वतन्त्रले गरि ५३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेकोमा बामगठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, र नेपाली काँग्रेसका १२ जना उम्मेदवारहरुले मात्रै जमानत फिर्ता पाएको मुख्य निर्वाचन अधिकृत शकरराज बरालले बताए।

प्रतिनिधीसभामा जनही १० हजारका दरले १७ जनाको १ लाख ७० हजार र प्रदेश सभा तर्फ जनही ५ हजारका दरले २४ जनाको १ लाख २० हजार गरि कुल २ लाख ९० हजार रुपैयाँ जफत भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ। दलका उम्मेदवारहरुले सदर मतको १० प्रतिशत मत अनिवार्य ल्याउनु पर्ने भएकाले उक्त १०  प्रतिशत मत ल्याउन नसक्दा जमानत जफत भएको हो।

जिल्लामा कुल १ लाख ८१ हजार २ सय ५५ मतदाता रहेकोमा निर्वाचनमा १ लाख २३ हजार १ सय ९९ मत खसेको थियो। निर्वाचनमा १ लाख १८ हजार ५ सय ८० सदर मत खसेकोमा मतदाता शिक्षा प्रभावकारी नहुदाँ ४ हजार ६ सय १९ मत बदर भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ