arrow

बाबुराम सुलीकोटमा : शहीद परिवारबाट आशिर्वाद माग्दै

logo
प्रकाशित २०७४ पुष ५ बुधबार
baburam_gorkha.JPG

गोरखा । गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित डा. बाबुराम भट्टराई मतदाता भेटघाटमा व्यस्त छन् । भट्टराईको पछिल्लो भेट शहीद परिवारसँग भइरहेको छ । उनले सुलीकोटका स्थानीयलाई भेटेका छन् ।

उनले सशस्त्र संघर्षका क्रममा शहीद भएका दिलबहादुर रम्तेल, कौशिला तमु, गुणनिधि देवकोटाका परिवारलाई पनि भेटेका छन् ।

उनले भनेका छन्, ‘शहीद परिवारजनबाट आशिर्वाद ग्रहण गरियो ।’ उनले शहीद परिवारसँगको भेटलाई अत्यन्तै महत्वपूर्ण भनेका छन् । सुलीकोट सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको संख्या निर्धारण गर्दा साविकका वारपाक, स्वाँरा, सउरपानी, ताकुमझा लाँकुरिबोट, ताकुकोट, पञ्चकुवा देउराली र पन्द्रुङ गाविसलाई समेटेर गाउँपालिका बनाएको थियो ।

सुलीकोट गाउँपालिकाको क्षेत्रफल २००.६३ वर्गकिलोमिटर  छ । ८ वडा रहेको  सुलीकोट गाउँपालिकामा २५ हजार ३९८ जनसंख्या छ । नयाँ शक्ति नेपालको संयोजक समेत रहेका डा. भट्टराई पुर्व सहकर्मी नारायणकाजी श्रेष्ठलाई हराउँदै गोरखा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

श्रेष्ठलाई उनले ६ हजार ८७४ मत अन्तरले पराजित गरेका थिए । भट्टराईले ३१ हजार ८०७ र श्रेष्ठले २४ हजार ९३३ मत ल्याए । श्रेष्ठ वाम गठबन्धनको साझा उम्मेदवार थिए भने भट्टराईलाई काँग्रेसले सघाएको थियो ।

गोरखा क्षेत्रनम्बर २ को प्रदेश ‘क’मा नयाँ शक्तिका हरिशरण आचार्य र प्रदेशतर्फ २ ‘ख’मा नेपाली काग्रेसका प्रकाशचन्द्र दवाडी विजयी भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ