arrow

कञ्चनपुरका ४७ उम्मेदवारको धरौटी जफत

३३ लाख ५ हजार रुपैया निर्वाचन आयोगको आम्दानी

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ पुष ६ बिहिबार
Kanchanpur_District.png

कञ्चनपुर । कञ्चनपुरका विभिन्न राजनीतिक तथा स्वतन्त्रबाट निर्वाचनमा भाग लिएका ४७ जना उम्मेदवारको धरौटी जफत भएको छ ।  गत मंसिर २१ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधी सभा सदस्य निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत कटाउन नसक्दा उनीहरुको धरौटी जफत भएको हो ।

 निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशव सिह भण्डारीले प्रतिनिधी तर्फ २० र प्रदेश सभा तर्फ २७ जना उम्मेदवारको धरौटी जफत भएको बताए । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार नेपाली काँग्रेस र वाम गठनबन्धनका उम्मेदवार बाहेक बाँकी निर्वाचनमा भाग लिएका सबै उम्मेदवारको धरौटी जफत भएको छ ।
 
निर्वाचन कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधी सभा तर्फ राष्ट्रिय जनता पार्टीका पल्टु राना, जनमोर्चाका लोकेन्द्र लम्साल, नयाँ शक्तिका अमर सिह विष्ट, विवेकशिल साझा पार्टीका लक्ष्मी नारायण चौधरी, स्वतन्यद्व निरादेवी शाही र रुपादेवी विष्ट, क्षेत्र नम्बर २ तर्फ नेपाली काँग्रेस विपीका चक्र्रदेव जोशी, नेपाल दलित पार्टीका रामेश लुहार, राजपाका राज्यलक्ष्मी राना, जनमोर्चाका राम बहादुर सार्की, देशभक्त गणतान्त्रिक मोर्चाका चन्द्र बहादुर डगौरा, विवेकशील साझा सुशील प्रशाद बडू, क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टीका रुवी सार्की, सघीय समाजवादी फोरम मोहन बहादुर शाही, जनमोर्चाका लाल बहादुर कुँवर, नयाँ शक्ति नेपालका जनक सिह साउद, विवेकशील साझा पार्टीका दिपेन्द्र कार्की, नेपाल दलित पार्टीका महेश तिरुवा र स्वतन्त्र उम्मेदवार सिह सिह विष्टको धरौटी जफत भएको छ ।

यस्तै निर्वाचन क्षेत्र नम्बर १(क) प्रदेश सभा तर्फ राजपाका पशुराम बडायक, जनमोर्चाका कृष्ण प्रशाद पण्डित, नयाँ शक्तिका सत्यादेवी चापागाई, (ख) प्रदेश सभामा राजपाका राम प्रशाद डगौरा, नयाँ शक्ति पार्टीका शेर सिह पुजारा, राष्ट्रिय जनमोर्चाका राज कुमार चौधरी, देशभक्त गणतान्त्रिक मोर्चाका महेश पाण्डेय, विकेकशील साझाका मेवाराम चौधरी, स्वतन्त्र नर सिह विष्ट र राजेन्द्र प्रशाद जोशीको धरौटी जफत भएको छ ।

 निर्वाचन क्षेत्र नम्बर २(क) प्रदेश सभा तर्फ राष्ट्रिय जनमोर्चाका गोरख रैकाल, नयाँ शक्तिका रुकम सिह ठगुन्ना, विवेकशील साझा पार्टीका कृष्ण बहादुर साउद, (ख) प्रदेश सभा तर्फ जनमोर्चाका कमल सिह साहु, नयाँ शक्तिका मञ्जु डगौरा, एकिकृत राप्रपाका दान बहादुर ऐडी र देशभक्त गणतान्त्रिक मोर्चाका राम बहादुर महराको धरौटी जफत भयो ।

यस्तै निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा (क) तर्फ जनमोर्चाका मञ्जु दमाई, एकिकृत राप्रपाका मन बहादुर कार्की, स्वतन्त्र कर्ण बहादुर चन्द र दिवान आग्री (मिजार), (ख) प्रदेश सभा तर्फ नेपाली काँग्रेस (विपी)का जयानन्द जोशी, संघीय समाजवादी फोरम आरती देवी थापा, जनमोर्चाका निरुदेवी कामी, नयाँ शक्तिका रतन मोर, स्वतन्त्र गजेन्द्र राज पाण्डेयको धरौटी जफत भएको छ ।

कञ्चनपुरका ३ प्रतिनिधी र ६ प्रदेश गरि ९ सिटका लागि ६४ ले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन आयोगले प्रतिनिधी सभा सदस्यका लागि १० हजार र प्रदेश सभा सदस्यका लागि ५ हजार रुपैया धरौटी लिएको थियो । जसमध्ये कञ्चनपुरका प्रतिनिधी सदस्य सदस्यको धरौटी जफतबाट २० लाख र प्रदेश सभा सदस्यबाट १३ लाख ५ हजार रुपैया गरि ३३ लाख ५ हजार रुपैया निर्वाचन आयोगको आम्दानी भएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ