arrow

दुई वाइडबडी विमान खरिद गर्ने निगमको योजना

प्रवद्र्धक दूतमा हास्य कलाकार

logo
कालिका खड्का,
प्रकाशित २०७६ वैशाख २५ बुधबार
Nepal-Airlines.jpg.jpeg
काठमाडौं। नेपाल वायुसेवा निगमले दुई वाइडबडी विमान खरिद गर्नेसहित आफ्ना सेवा सुधारका तीनवर्षे कार्ययोजना ल्याएको छ । आगामी २०७३ साल मङ्सिरमा पहिलो वाइडबडी र माघमा दोस्रो वाइडबडी विमान खरिद गर्ने लक्ष्यसहित तीनवर्षे सुधार कार्ययोजना आज सार्वजनिक गरिएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आगामी वर्ष वाइडबडीका दुई विमान, २०७४ साल वैशाखमा एक न्यारोबडी विमान र असारमा अर्को गरी दुई न्यारोबडी विमान खरिद गर्ने योजना सार्वजनिक गरेका हुन् ।
सरकारले वायु सेवाको प्रचारप्रसारका लागि हास्य कलाकार जितु नेपाललाई प्रवद्र्धक दूत बनाएको छ । 
सो कार्ययोजनाअनुसार २०७४ साल असारसम्म अन्तर्राष्ट्रिय उडानतर्फ निगममा दुईवटा वाइडबडी र पुरानो दुई वटा बोइङसमेत गरी छवटा जेटबडी विमानले सेवा दिने र हवाई नीतिअनुसार सुरक्षित र भरपर्दो हेलिकप्टर सेवा दिइनेछ । निगमले थप नयाँ गन्तव्यमा उडान सञ्चालन गर्न २०७३ साल असारसम्म चीनको ग्वाङ्गजाओ र कुनमिङ्ग तथा भातको कलकत्तालगायत स्थानमा सेवा सञ्चालन गर्ने र दिल्लीमा थप उडान राख्ने लक्ष्य लिएको छ । निगमले पहिलो वाइडबडी २०७३ साल मङ्सिरमा उपलब्ध भएसँगै अस्ट्रेलिया, जापान र कोरियामा दोस्रो वाइडबडी ल्याएपछि साउदी अरेयिबा तथा दमाममा सेवा सुरु गर्नेछ । साथै थप दुई न्यारोबडी आइसकेपछि कोलम्बो, याङ्गुनगायत स्थानमा सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ । 
 
त्यसैगरी, आन्तरिक उडानतर्फ अहिले भएको तीन ट्वीन–अट्टर, एकवटा एम ए ६० र एक वाई १२ ई को अलावा अन्य विमान थपेर यसका अतिरिक्त हेलिकप्टर सेवासमेत सञ्चालनमा ल्याउने योजना छ । निगमको तीनवर्षे सुधार कार्ययोजनामा आगामी छ महिनाभित्र विश्वभरिका २०० राष्ट्रमा इ–टिकेट लागू गर्ने योजना छ । निगमको हाल अन्तर्राष्ट्रिय उडानतर्फ चार, आन्तरिक उडानतर्फ पाँच वटा विमान सञ्चालन गरिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल– चीन सरकारबीच विमान ल्याउने सम्झौताअनुसार चीनमा भएको दुई विमान ल्याउनुको विकल्प नभएकाले त्यसलाई जतिसक्दो छिटो ल्याउने बताए ।
 
“निगमका सञ्चालनको ५७ वर्षको इतिहासबाट अहिलेसम्म आइपुग्दा अन्तर्राष्ट्रिय र आन्तारिक गरी नौवटा विमानमात्र सञ्चालन गरिरहेको छ, त्यो पनि दिनमा एक उडान हुन्छ, जबकि बुद्ध र यतिले दिनमा तीनपटक उडान गरिरहेका छन्, सरकारी ध्वजाबाहक विमानले पनि दिनमा कम्तीमा तीनपटक उडान भर्ने योजना बनाउनुपर्छ” – मन्त्री पोखरेलले थपे ।विमान खरिद योजनालगायत निगमको सुधार योजना कार्यान्वयन भएनभएको प्रत्येक तीन÷तीन महिनामा प्रगति अनुगमन गर्न आफू बेला बेलामा निगम आउने भन्दै उहाँले अन्तर्राष्ट्रिय मात्र नभएर वैशाख १ गतेदेखि आन्तरिकतर्फ १७ स्थानमा विमान उडानका तयारीसमेत तीव्ररुपमा गर्न निर्देशन दिनुभयो । 
 
“तीनवर्षे योजनामा नेपालको कुनकुन स्थानमा विमानस्थलको गन्तव्य हुन सक्छ ?, त्यो पनि आउनुपर्छ”– मन्त्री पोखरेलले भन्नुभयो– “लुम्बिनी विमानस्थलको काम निकै अगाडि बढिसकेकोे छ, पोखरा विमानस्थलको फागुन १३ सम्म शिलान्यास हुन्छ र निजगढ विमानस्थल नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत बनाइनेछ ।” उनले भने । नेपालले ३८ मुलुकसँग हवाई सम्झौता गरिसकेको भए तापनि अहिलेसम्म निगमले जम्मा पाँच मुलुकका सात सहरमा मात्र सेवा सञ्चालन गरेको छ ।
 
सरकारले वायु सेवाको प्रचारप्रसारका लागि हास्य कलाकार जितु नेपाललाई प्रवद्र्धक दूत बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री पोखरेलले हास्य कलाकार नेपाललाई  प्रवद्र्धक दूतको पत्र प्रदान गरेका हुन् । हास्यकलाकार नेपालले मुलुकको ध्वजाबाहक विमानमा चढ्दा छुट्टै आनन्द महसुस हुने र आगामी दिनमा सम्पूर्ण कलाकार तथा कला प्रस्तुतिमार्फत आफूले प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ