arrow

बेलायतका उपप्रधानमन्त्री अनुसन्धानमा दोषी देखिएपछि राजिनामा

logo
प्रकाशित २०७४ पुष ६ बिहिबार
uk-damian-green.jpg

लन्डन। बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले आफ्नो पदबाट राजिनामा दिएकाछन्। उनले एकजना सरकारी अधिकारीले गर्न नहुने गरी आचारसंहिताको उल्लङ्घन भएको भनी गरिएको छानबीनमा दोषी पाइएपछि राजिनामा दिएको हो। ब्रिटेनका प्रधानमन्त्री टरिजा मेका निकटस्थ मानिने उपप्रधानमन्त्री डेमियनले दिएको राजिनामापछि यहाँको राजिनामा फेरि अर्को एउटा दुर्घटना निम्तिएको विश्लेषण पनि गर्न थालिएको छ।

उनलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै केही वर्षयतादेखि अनुसन्धान गरिएको थियो। उनलाई सो अनुसन्धानले दोषी ठहरगर्दै बर्खास्त गर्नुपर्ने सुझाव दिएको थियो। सोही कारणले उनले राजिनामा दिएको समाचारमा उल्लेख गरिएको छ। उनको राजिनामा प्रधानमन्त्री मेले बिहीबार स्वीकृत गरेको बताइएको छ।

उनले आफ्नो राजनीतिक दलका एकजना सहकर्मी महिलालाई दुव्र्यवहार गरेको र अश्लिल दृश्यहरु कम्प्युटरमा पठाएको आरोप लागेको थियो। सन् २००८ मा भएको भनिएको यस घटनामा उनीमाथि अनुसन्धकान भएको थियो। उनको कार्यालयको कम्प्युटरमा पाइएका यस्ता अश्लिल सामग्रीबाट नै यो प्रमाणित भएको बताइएको छ। तर उनले भने ती सामाग्रीबारेमा झुट्टो जानकारी दिएको एक अनुसन्धानको निष्कर्षमा देखिएको छ।

ती सामाग्रहरुका अतिरिक्त उनले आफ्नै कन्जरभेटिभ दलकी एक जना महिलालाई पनि दुव्र्यवहार गरेको दाबी गरिएको थियो। त्यसबारेमा पनि उनीमाथि अनुसन्धान भइरहेको थियो। उपप्रधानमन्त्री डेमियन प्रधानमन्त्री टरिजा मेका एक निकटस्थ राजनीतिज्ञ हुन्। उनीहरुको मित्रता अक्सफोर्ड विश्वाविद्यालयमा सँगै अध्ययन गर्दादखि नै रहेको बताइन्छ।

यतिखेर प्रधानमन्त्री मेले ब्रिटेन युरोपेली संघबाट बाहिरिने सहमति जुटाउनेलगायतका कैयौं चुनौतीका बारेमा विभिन्न कठिन वार्ताहरु गरिरहेकिछिन्। यसैबीचमा उनको राजिनामाले प्रधानमन्त्री मेलाई पनि समस्या पर्नसक्ने अनुमान गरिएको छ। तर यस विषयमा उनको भनाई भने केही आएको छैन। उता उपप्रधानमन्त्री डेमियनले पनि आफूले त्यस्तो कुनै गल्ती नगरेको बताएका छन्।  त्यस विषयमा आफू दोषी नरहेको उनको दाबी छ। तर उनको यो राजिनामाले बेलायतको सरकारको वर्तमान स्थिरतामा भने कुनै चुनौती नदेखिएको अधिकारीहरुको भनाई छ।

प्रधानमन्त्री मे पोल्याण्ड भ्रमणमा जाने
यसैबीच प्राप्त अर्को एक समाचार अनुसार बृटिश प्रधानमन्त्री टिरिजा मे बिहीबार पोल्याण्डको भ्रमणमा जान लागेकाछन्। उन बिहीबार युरोपेली युनियनसँग सम्बन्धित विषयमा वार्ताका लागि त्यसतर्फ जान लागेको समाचारमा जनाइएको छ। प्रधानमन्त्री मे पछिल्लो समयमा युरोपेली युनियनबाट बेलायत बाहिरिने विषयमा युरोपका विभिन्न देशसँग वार्ता गर्दै छिन्। रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ