arrow

जेरुसेलमको विषयमा अमेरिकाको लज्जास्पद हार 

logo
प्रकाशित २०७४ पुष ७ शुक्रबार
jeruselam.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई लत्याइएको छ । संयुक्त राष्ट्रसंघ महासभामा जेरुसेलमलाई इजरायलको एकलौटी राजधानी ठहर गर्दै अमेरिकाले लिएको निर्णयलाई असम्मान र अवज्ञापूर्ण तरिकाले सदस्य राष्ट्रहरुले अस्वीकार गरेका हुन् । 

राष्ट्रसंघमा भएको मतदानमा १२८ राष्ट्रले अमेरिकी प्रस्तावको विपक्षमा मतदान गरेका छन् । 

३५ राष्ट्रले भाग नलिएको उक्त प्रस्तावको पक्षमा जम्मा ९ राष्ट्रले मात्र मतदान गरे । 

यो नतिजाले अमेरिकाले अहिलेसम्मकै ठूलो अपमान महसुस गरेको छ । 

राष्ट्र संघले जस्तोसुकै निर्णय गरे पनि अमेरिकाले भने आफ्नो अडान कायम रहेको बताएको छ । 

अमेरिकी प्रतिनिधि निक हेलीले अमेरिकी प्रस्तावबिरुद्धको यो मतदानले कुनै अर्थ नरहने बताएकी छिन् ।

राष्ट्रपति ट्रम्पले यो प्रस्तावको विरोध गर्ने मुलुकहरुलाई सहयोग कटौतीको धम्की दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ