arrow

नेपालको निर्वाचन अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप : कार्टर सेन्टर

logo
प्रकाशित २०७४ पुष ७ शुक्रबार
carter-center.jpg

काठमाडौं। कार्टर सेन्टरले नेपालमा हालै सम्पन्न निर्वाचन प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप भएको टिप्पणी गरेको छ। आज प्रकाशित एक विज्ञप्तिमा सेन्टरले प्रथम र दोस्रो चरण निर्वाचनमा विभिन्न २७ जिल्लामा निर्वाचन पर्यवेक्षण गर्ने अवसर पाएको र खटिएका पर्यवेक्षकले राम्रो नै पहुँच पाएको उल्लेख गरेको छ। तर केही मतदान केन्द्रमा पर्यवेक्षकको पहुँचमा कडाइ गरिएको तथा निर्वाचन प्रक्रियाको पारदर्शीतामा कमी देखिएको पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

दुई चरणमा निर्वाचन गर्ने सरकारको निर्णयले पहिलो चरणको निर्वाचन परिणामलाई १० दिन परिणाम ढिलो गर्ने आशय देखिएको र जसका कारण मतदातामा आक्रोश पैदा भएको देखिएको छ। प्रथम चरणको निर्वाचनलगत्तै निर्वाचन आयोगले आधिकारिक मतगणनासम्बन्धी थुप्रै निर्देशन जारी गरेको तर अधिकांश मतदान अधिकृतले यसको पूरै बेवास्ता गर्दै मतगणना प्रक्रियामा राजनीतिक दलका एजेण्टसँग सहमति गर्ने बाटो अवलम्बन गरेको पाइयो।

सन् १९८२ मा स्थापना भएको कार्टर सेन्टरले विश्वका ८० मुलुकमा द्वन्द्व समाधान गर्ने, मानव अधिकार, आर्थिक अवसर तथा स्वास्थ्य क्षेत्रको सुधारमा सहयोग गर्दै आएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ