arrow

वन मुद्दाका फरार अभियुक्त जेल चलान

१ बर्ष अगाडि २१ दिन कैद र ८ हजार सात सय ३ रुपैयाँ जरीवाना फैसला गरेको थियो

logo
जितेत्द्र भण्डारी, पाँचथर
प्रकाशित २०७२ माघ १२ मंगलबार
tumbapo.jpg.jpeg
वन मुद्दाका फरार अभियुक्त फिदिम नगरपालिका ६ का प्रमोद तुम्बापोलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।

उनलाई जिल्ला अदालत पाँचथरले वन मुद्दामा १ बर्ष अगाडि २१ दिन कैद र ८ हजार सात सय ३ रुपैयाँ जरीवाना फैसला गरेको थियो । तर, उनी अहिलेसम्म फरार रहेको प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीले फिदिम नगरपालिका ६ बाट पक्राउ गरी अदालतमा पेश गरेको थियो । अदालतले फैसला भएको कैद भुक्तानका लागि जिल्ला कारगार शाखामा चलान गरिएको प्रहरीले जनाएको छ ।



नयाँ