arrow

गच्छदारले जितेको ठाउँमा एमालेकी उम्मेदवारले हालिन् सर्वोच्चमा पुनः मतगणनाको माग गर्दै मुद्दा

logo
प्रकाशित २०७४ पुष ११ मंगलबार
supreme-court-news.jpeg

काठमाडौँ । सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार नेकपा एमालेकी भगवती चौधरीले मंगलबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छिन् । 

नेपाली काँग्रेसका तर्फबाट विजयी भएका विजयकुमार गच्छदारले निर्वाचन आचारसंहिता विपरीत कर्मचारीलाई लतपत्तिएको र बदर मत समेत रुख चिन्ह्मा गणना गर्न लगाएको हुँदा पुनः मतगणना गर्नुपर्ने माग चौधरीले मुद्दामा गरेकी छिन् ।  

चौधरीले मंसिर २१ गतेको मतगणनाको १९ औं लटमा निर्वाचनको मतगणना क्रममा नौ वटा अर्धकट्टीसहितको मतपत्र पाइएको तर निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्न समेत नदिएको मुद्दामा उल्लेख गरिएको छ । 

त्यस्तै, पाँच वटा मतदान केन्द्रमा रुख चिह्नमा स्वस्तिक छाप फरक रहेको मतपत्र भेटिएको र त्यसलाई पनि सदर गरिएको तथा सूर्य चिह्नमा लागेको स्वस्तिक छापको घेरा स्पष्ट रहँदा रहँदै बदरमा गणना गरिएको सो मुद्दामा उल्लेख छ । 

सुनसरी ३ बाट गच्छदारले ३८ हजार ९७२ मत प्राप्त गरी विजयी भएका थिए । चौधरीले ३८ हजार ६५१ म्त प्राप्त गरेकी थिइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ