arrow

डा उपेन्द्र देवकोटालाई क्यान्सर हैन जन्डिस, अवस्था सामान्य

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
upendra-devkota.png

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटालाई क्यान्सर भएको भनी सामाजिक संजालमा आएको समाचारप्रति उनको परिवारले दुःख व्यक्त गरेको छ । 

बिरामी भएका बेलामा अनेक खाले सूचना दिएर झन् तनावमा पारेको भन्दै उनकी श्रीमतीले दुःख व्यक्त गरेको पत्रकार चिरन शर्माले जनाएका छन् । 

शर्माले लेखेका छन्, ‘मंगलवार अस्पतालको शैयामा भेट्ने मौका मिल्यो । सामाजिक सञ्जालमा आएका खबरप्रति उनको परिवारले असन्तुष्टि जनाए । देवकोटाकी श्रीमतीका अनुसार उनलाई सुरुमा सामान्य रुपमा जन्डिस देखापरेको थियो । नेपालमा जचाउँदा अलि फरक लागेर लण्डनमा आएर चेकअप गर्ने निधो गरेका हुन् । औषधीको प्रभावले अल्लि कमजोर देखीए पनि उनको अवस्था सामान्य रहेको छ । सामाजिक संजालमा फैलिए जस्तो उनलाई क्यान्सर नभएको परिवारको भनाई छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ