arrow

नेविसंघका दुई समुहद्वारा विज्ञान क्याम्पसमा तालाबन्दी 

logo
ईश्वर बडू, दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ पुष १२ बुधबार
NSU_NEW_Flag.jpeg

कञ्चनपुर। कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पसमा तालाबन्दी गरिएको छ। विभिन्न माग अघि सारेर काँग्रेस निकट नेपाल विद्यार्थी संघले बुधबार तालाबन्दी गरेको हो। नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुखको नियुक्ति, शुल्क बृद्धि, प्रयोगशाला, लाईब्रेरी, खेलकुद समाग्री, पर्खाल निर्माणका माग अघि सारेर तालाबन्दी गरेका छन्। क्याम्पस प्रमुख विमला शाक्य र प्रशासन कार्यकक्षमा तालाबन्दी गरिएको छ। 

पाल विद्यार्थी संघका दुई समुहले छुट्टा छुट्टै माग अघि सारेर तालाबन्दी गरेको छ। सिद्धनाथ बिज्ञान क्याम्पस इकाइ कमिटी कार्यबाहक अध्यक्ष रहेका धनन्जय मिश्रको समुहमा रहेको नेवि संघले क्याम्पस प्रमुखको नियुक्ति राजनीतिक भागबन्डाका अधारमा गरिकोले उक्त निर्णय सच्याउनु पर्ने माग राख्दै तालाबन्दी गरेको जनाएका छन्।

नेपाल विद्यार्थी संघ सिद्धनाथ विज्ञान क्याम्पसमा कार्यवाहक अध्यक्ष धनन्जय मिश्रले विज्ञान क्याम्पसमा ६ महिनादेखि क्याम्पस प्रमुख रिक्त रहेको बताउदै क्याम्पस प्रमुख नियुक्ति प्रकृया राजनीतिक आधारमा नगर्न नेवि संघले उपकुलपतिलाई ज्ञापन पत्र बुझाएपनि संगठनले अघि सारेको मागप्रति वेवास्ता गर्दै विमला शाक्यलाई क्याम्पस प्रमुख बनाएको भन्दै तालाबन्दी गरिएको बताए। गत साउन अन्तिम साता विज्ञान क्याम्पसमा प्रमुख शाक्य हुँदा छात्रावासमा डम्मर जाग्रीको रहस्यमयी मृत्यु भएको बताउदै शाक्यले आफ्नो कार्यकाल राम्रो सँग सम्हाल्न नसकेकाले पुनः त्यही व्यक्तिलाई प्रमुख बनाएर घटना निम्तिने खतरा रहने उनको दाबी छ। शाक्यको नियुक्त बदरको माग राख्दै उनले दक्ष, योग्य र बरिष्ठलाई क्याम्पस प्रमुख बनाउनुपर्ने बताए।

त्रिभुबन विश्वविद्यालय उपकुलपतिको कार्यालयले पुस १२ गतेदेखि लागु हुने गरि यस अघि निमित्त क्याम्पस प्रमुख रहेका विमला शाक्यलाई ४ बर्षका लागि क्याम्पस प्रमुख बनाईएपछि नेवि संघले नियुक्त खारेजीको माग गरेको हो। नेवि संघका अर्का नेता सत्य प्रकास कोईरालाले विद्यार्थीलाई मारमा पार्ने तरिकाले शुल्क बृद्धि गर्दा आन्दोलित भएको बताए।

क्याम्पसमा ठुल ठुला घटना हुँदा समेत क्याम्पस प्रशासन लाचार बनेको उनको आरोप छ। भुतबङला जस्तै छात्रवासमा पटक पटक घटना हुँदा समेत नसुधारिएको बताउदै उनले दुख व्यक्त गरे। एकाएक शुल्क बृद्धि गरिएको बिरुद्धमा तालाबन्दी गरिएको गोरख रौलेल बताए। उनका अनुसार नेवि संघले विगतमा पटक पटक क्याम्पस सुधारका लागि अघि सारेका माग समेत वेवास्ता गरेका कारण बाध्य भएर तालाबन्दी गरिएको छ। ‘हामीले क्याम्पस प्रशासनलाई दवाव दिन मात्रै तालाबन्दी गरेका हौँ, ‘उनले भने, ‘अझैपनि हाम्रो मागमा क्याम्पस प्रशासन गम्भिर हुनुपर्छ।’लाईब्रेरीमा समेत प्रर्याप्त पुस्तक र प्रयोगशालामा समाग्री नभएका कारण दैनिक अभ्यास गर्न समस्या भएको बताउदै रौलेले तत्तकाल पुस्तक र प्रयोगशाला व्यवस्थापन हुनुपर्ने बताए। खेलकुद समाग्री नहुँदा विद्यार्थी समस्यामा परेको बताउदै खेलकुद समाग्री र छात्रावास घेरवारमा जोडदिए। 

सिद्धनाथ विज्ञान क्याम्पसका प्रमुख विमला शाक्यले आफुलाई विद्यार्थीले अघि सारेका मागप्रति गम्भीर हुने बताएकी छन्। उनले विद्यार्थीका जायज माग पुरा गर्ने समेत बताएकी छिन्। ३ बर्षदेखि लगातर शुल्क बृद्धि नगरिएको शुल्क बृद्धि गर्नु परेको बताउदै प्रमुख शाक्यले बिएस्सी प्रथम बर्षमा नयाँ भर्ना हुने विद्यार्थीको हकमा १ हजार ६ सय रुपैया थप शुल्क लिएको बताए। नेवि संघले भने माग पुरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ। तालाबन्दी संगै प्रशासनको कामकाज र पठन पाठन समेत ठप्प भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ