arrow

फेरि के भनेर उराल्ने हुन् ओलीले राष्ट्रपतिलाई ? 

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
kp-oli-n-bidhya-bhandari.jpg.jpeg

काठमाडौं । सरकारले दुई महिनाअघि राष्ट्रपति कार्यालयमा बुझाएको राष्ट्रिय सभा निर्वाचन अध्यादेश अहिलेसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी छैनिन् । 

शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिनिधि र प्रदेश सभाको निर्वाचन अगाडि नै अध्यादेश बुझाउँदा राष्ट्रपतिले कुनै प्रतिक्रिया जनाइनन् । 

जब बाम गठबन्धनको बहुमत आयो तब उनले सहमति गरेर आउनुस् भनिन् । त्यसउप्रान्त उनी तनावमा छिन् । 

काँग्रेस नेतृत्वको सरकारले एकल संक्रमणीय प्रणालीअनुसार राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने अडानमा छ भने बाम गठबन्धन बहुमतीयमा । 

राष्ट्रपतिले सरकारले पेश गरेको अध्यादेशलाई बेवास्ता गर्दै बाम गठबन्धनलाई सुनिरहेकी छिन् । 

त्यसबाहेक संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपाले पनि अध्यादेश नरोक्न सल्लाह दिएका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मध्यमार्गी बाटो अपनाउन सल्लाह दिँदै लचक देखिएका छन् । 

तर एमाले अध्यक्ष केपी शर्मा ओली भने बहुमतीयमा जानुपर्नेमा जोड दिइरहेका छन् । 

ओलीले फेरि पनि बिहिबार राष्ट्रपतिलाई परामर्श दिन जाँदैछन् । 

उनले विपक्षीको धर्म निर्वाह गर्छन् वा पूर्व एमालेकी उपाध्यक्ष भनेर राष्ट्रपतिलाई आफ्नै कुरा मान्न दबाब दिन्छन् वा भोलिको प्रधानमन्त्रीको रुपमा छिट्टै राजनीतिक गतिरोध अन्त्यका लागि सरकारले पठाएको अध्यादेश स्वीकृत गर्न सल्लाह दिन्छन् त्यो राष्ट्रपतिले गर्ने निर्णयमा भर पर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ