arrow

प्राकृतिक चिकित्सा पद्धतीले जिवन दान दियो 

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ पुष १३ बिहिबार
natural-teraphy.jpg

मोरङ्ग। विराटनगर दरैया वस्तिकी सुनिता मण्डलले प्रकृतिक चिकित्सा पद्धती आफ्नोलागी भगवान भएको बताइन। सवै अस्तपतालमा धाउदाधाउदा कुनै उपचार हुन नसकेपछी प्राकृतिक चिकित्सा पद्धती अपनाएपछी आफुले नया जिवन पाएको  बताए। सामान्य परिवारकी सुनिताले प्रेसरका कारण अपांग हुने अवस्थामा पुगेकी थिइन तर यो विधि अपनाएर उपचार गरेपछी आफु स्वस्थ्य भएको बताइन्। सुनिताले यो अस्पताल र यो पद्धतीले मलाई जिवन दान दिएकाले अस्पताल मेरो लागी भगवान भएको सुनाइन्।

सुनिता मात्र होइन विराटनगर १३ का ६२ वर्षिय कपिल प्रसाद देवपनी व्हिल चियरमा उपचारका लागी अस्पताल आएकोमा प्राकृतिक चिकित्सा पद्धतीवाट उपचार गरेपछी अहिले मजाले हिलडु लगर्न सकने भएका छन्। उनलाई प्रेसरका हातखुटा नचल्ने भएको थियो। चार महिना पहिले प्रेसरले एटाक गरेको र पुर्वका सवै अस्पताल धाउदा पनी ठिक नभएपछी निकै निराश भएको उनी बताउछन्। 

सवै अस्पताल धाउदापनी कतै ठिक नहुदा निकै निराश भएपछी साथीहरुको सल्लाहमा विराटनगर स्थित स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटलमा पुगेर प्राकृतिक चिकित्सा पद्धती अपनाएपछी निकै सुधार भएको उनले बताए। प्राकृतिक चिकित्सा पद्धती अपनाएर उपचार शूरु गरेको एक महिनामै आफनो हाथ खुट्टा मजाले चल्ने थालेको देवको भनाई छ। कम खर्चमा प्रभावकारी उपचार पाउने भएकाले देव जस्ता दर्जनौ विरामीहरुले सो अस्पतालवाट सेवा लिई रहेका छन। अस्पतालका डाक्टरहरुले थेरेपी गरेर ठिक पारेको देवको भनाई छ। 

दुईवर्ष अघि स्थापना भएको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटल प्रालिले प्राकृतिक चिकित्सा पद्धती अपनाएर विरामीको उपचार गर्ने गरेको छ। अस्पतालले यो विधि अपनाएर उपचार सेवा शुरु गरेपछी अस्पतालमा उपचार गराउने आउने विरामीको शख्या समेत दिनप्रतिदिन वढने थालेको छ।

यो विधि अपनाएर ४३ हजार विरामीको उपचार गरको जनाएको छ। घुम्ति शिविर संचालन गरेर निशुल्क रुपमा समेत विरामीको उपचार गर्ने गरेको अस्पतालले जनाएको छ। कमखर्चमा उपचार विधि भरपर्दो भएकालेपनी अस्पतालप्रती सर्वसाधारणको विश्वास वढन थालेको अस्पताल संचालक रुपेश अधिकारीले बताए। ऐलियोपेथिकवाट निराश भएका र निको नहुने विरामीलाई निकोपार्ने लक्ष्यका साथ अस्पतालले सेवा दिइरहेको अधिकारीको भनाइ छ। हावापानीको समिश्रण गरेर थेरापी गरिने विधिनै प्राकृतिक उपचार विधि हो।

कम खर्च लाग्ने भएकाले पनी यो विधिप्रती विरामीको आर्काषण वढन थालेको हो। यो विधि मार्फत थेरापी गरेर उपचार गराउदौ हप्तामा पाचसय जति खर्च लाग्ने वताइन्छ। पुर्वाञ्चलमा तिनवटा यस्ता अस्पतालहरु रहेका छन। सरकारले प्राकृतिक चिकित्सापद्धतीलाई मान्यता नदिएको अस्पताल संचालकहरु गुनासो गर्दछन।

प्राकृतिक चिकित्सा पद्धतीको काउन्सिल स्थपना गरेर मान्यता दिनुपर्ने संचालक अधिकारीको भनाई छ। सरकारले मान्यता नदिदा प्राकृतिक चिकित्सा पद्धती अपनाएर उपचार पुर्‍याउदै आएका अस्पतालहरु आर्युवेद चिकित्सा पद्धती अनर्तगत दर्ता हुने गरेका छन।

प्राकृतिक चिकित्सा पद्धतीका  लागी  सरकार वजेट छुटयाएको छैन। नेपाल सरकार एक प्रतिशत वजेट प्राकृतिक चिकित्साका लागी छुटयाउने हो भने सेवामा कायापलट हुने दावी संचालक अधिकारीको छ। उनका अनुसार उपचारका लागी भारत जाने यस्ता विरामीलाई अस्पतालमै उपचार गरेर निकोपार्नका लागी अस्पताल संचालनमा ल्याएको उनको भनाई छ। 

अस्पतालले प्यारालाइसि (पक्षघात) जस्तै–मुख बाङ्गिने शरीरको एक वा दुवै भाग नचल्ने, ढाड, कम्मर, गर्धन दुख्ने डिस्क प्रोल्याप्स, हड्डी खिइएको र नशा च्यापिएको वाथ–आर्थराइटिस,घुडा जोर्नीहरु दुख्ने लगायतका रोगहरुको उपचार गर्दे आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ