arrow

रंगेली घटनाका मृतकको आज अन्त्येष्टी

logo
प्रकाशित २०७२ माघ १२ मंगलबार
Rangeli.JPG.jpeg
रंगेली । रंगेली घटनामा प्रहरीको गोली लागेर मृत्यु भएकाहरुको आज छुट्टा छुट्टै स्थानमा  अन्त्येस्ष्टी गरिएको छ । हिजो  विराटनगर स्थित कोशी अञ्चल अस्पतालबाट निकालिएको शव यात्राले राती अबेर सम्म विराटनगर, रंगेली , डाइनिया र झपडतल बजार परिक्रमा गरेको थियो । बजार परिक्रमा पस्यात मृतकका परिवारले शव बुझी आज विहान छुट्टा छुट्टै स्थानमा अन्तिम अन्त्येस्ष्टी गरेका हुन् । 
 
मृतक द्रोपती देवी चौधरीको रंगेली स्थित बक्राह खोलमा अन्त्येस्ष्टी गरिएको छ भने डाइनिया ९ का शिवु माझीको स्थानिय विश्वकर्मा नदिमा र बरडगा २ का महादेव ऋषिदेवको नुना बक्राह नदिमा अन्त्येस्ष्टी गरिएको छ । रंगेलीकी मृतक चौधरी लाई उनको जेठो छोरा देव कुमार चौधरीले अग्नी दिएका थिए । मृतकहरुको शव यात्रामा स्थानियहरुको ठुलो सहभागीता रहेको थियो । 
               
 माघ सात गते युवा संघ नेपालले रंगेलीमा आयोजना गरेको आमसभालाई विथोल्ने क्रममा प्रहरी संग भएको झडपमा रंगेली र डाइनियामा ३ जनाको ज्यान गएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ