- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक प्रदेश सभाको समानुपातिकतर्फको उम्मेदवारहरूको टुङ्गो लगाउनका लागि बैठक डाकेका हुन् ।
काँग्रेसले प्रदेश सभाका लागि ७२ जनाको समानुपातिकको नामावलीको टुङ्गो लगाउनुपर्नेछ ।
निर्वाचन आयोगले शुक्रबार कार्यालय समयभित्रै नामावली आयोगमा बुझाउन दलहरूलाई पत्राचार गरेको थियो ।
अरु के के हुँदैछ बैठकमा ?
समानुपातिकको नामावली टुंगो लगाएपछि बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल गरिने कार्यसूची रहेको छ ।
चुनावकै बारेमा सहभागीले प्रश्न तेस्र्याउने बुझिएको छ । निर्वाचन परिणामको विषयलाई लिएर पार्टीभित्र असन्तुष्ट बढी छ ।
यसबारे पनि देउवाले जवाफ दिने कार्यक्रम रहेको बुझिएको छ ।
तर कार्यसम्पादनमा देउवा पक्षका सदस्यहरु बढी भएकाले यो विषयलाई थाँती राखेर केन्द्रीय समिति बैठक पछि बोलाउने गरी बैठक टुंगिन सक्ने एक सहभागी सदस्यले जनाए ।