arrow

बर्खास्तीको पत्रमा कमल थापाको तानाशाही शैली देखिन्छ : दिलनाथ गिरी 

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
dilnath-new-aakk.jpeg

काठमाडौं । राप्रपा नेता एवं शहरी विकास मन्त्री दिलनाथ गिरीले कमलथापाले आफ्नो बर्खास्तीको पत्र लेख्नु तानाशाही शैलीको उपज रहेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री कार्यालयमा बर्खास्तीको पत्र पठाईएपछि हाम्राकुरासँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गिरीले अध्यक्षको मान्छेलाई सचिव पदबाट हटाएको विषयलाई लिएर आफूमाथि यस्तो कमद चालेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । 

मन्त्री गिरीले बिहीबारको मन्त्रिपरिषद् बैठकमा मुख्यसचिव लोक दर्शन रेग्मीले आफू पहिलेपनि ईमान्दार रुपमा काम गरेको अहिलेपनि ईमान्दार रहेको र आगामी दिनमा पनि ईमान्दार रुमा काम गर्ने भन्दै सचिवहरु पनि मन्त्रीको सहयोगको लागि मात्रै राखिएको धारणा राखेका थिए । मन्त्रिपरिषद् बैठकमा मुख्यसचिव रेग्मीले मन्त्रीहरुलाई सहयोग गर्नैपर्ने भएकोले कुनै सचिवले सहयोग नगरेको भन्ने छ भने सचिव सरुवा गर्नु उपयुक्त हुने सुझाव दिएका थिए । 

त्यसो त उनलाई यस अघि पनि सचिव शर्माले सहयोग गरेका थिएनन् । मन्त्री गिरीलाई दिएपनि थापाले मन्त्री गिरीलाई बाइपास गरेर सचिव शर्मा, राज्यमन्त्री कुन्तीकुमारी शाही र कोषाध्यक्ष उद्धव पौडेललाई राखेर छुट्टै टिम बनाएका थिए । बिहीबारको मन्त्रिपरिषदको बैठकमा सबैजसो मन्त्रीहरुले आफ्नो मन्त्रालयका सचिवले भनेको मानेनन् भनेर गुनासो गरेपछि उनले पनि स्पष्ट रुपमा त्यो प्रस्ताव राखेका थिए । 

ती सचिवहरुलाई मुख्यसचिवले समेत सहयोग गरेको आरोप लागेपछि सचिव सरुवाको काम अघि बढ्ने भयो । तर, दिलनाथ गिरीले पनि आफूलाई पनि सचिव सरुवा गर्न भनेपनि एक्कासी सचिवसँग मिलेर काम गर्न नसक्ने भए राजीनामा दिन भनेपछि त्यहाँ एक्कासी वातावरण विथोलिएको थियो । 

हाम्राकुरासँगको कुराकानीमा उनले भने पार्टी अध्यक्ष थापा कै तानाशाही प्रवृत्तिको कारणले पार्टीको लज्जास्पद हार भयो । उनले भने उहाँले पार्टीबाट निकाल्नु त स्वभाविक कुरा हो । आफूलाई सचिवबाट असहयोग हुँदा समेत बोल्न नपाउने भए यो पार्टीमा अध्यक्षको पछि लागेर को बस्छ ? पार्टीले फिर्ता बोलाउन चाहन्छ भने राजीनामा दिन म तयार छु, तर मैले अरु मन्त्रीज्यूहरुजस्तो सचिवबाट असहयोग भयो भन्न पाउने कि नपाउने रुु उनले कमल थापाले पार्टीमा आफूमाथि देखाएको व्यवहार सामान्य नरहेको स्पष्ट पारे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ