- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश जारी भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा चुनावको मिति घोषणाको तयारी थालेका छन् ।
प्रधानमन्त्री देउवाले शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँग मिति तोक्नेबारे परामर्श लिएका छन् । निर्वाचन आयोगका पदाधिकारीहरुलाई सरकारी निवास बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले छलफल गरेको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
उनका अनुसार यो छलफलमा सामान्य छलफल भएको र एक दुई दिनमै मितिको टुंगो लाग्ने भएको छ । ऐन प्रमाणीकरण भएसँगै ऐनमा व्यवस्था भए अनुसारको तयारी कसरी गर्न सकिन्छ भन्नेबारे आयोगका पदाधिकारीसँग अझै परामर्श गर्न बाँकी नै रहेको बताइएको छ ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवसहित सबै आयुक्त र आयोग सचिव सहभागि भएका थिए ।