arrow

निर्वाचनको समीक्षा गर्न राहुल गान्धी हिमाचल जादै

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
rahul-gandhi-7591.jpg.jpeg

नयाँ दिल्ली। भारतीय राष्ट्रिय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी हालै सम्पन्न विधानसभाको निर्वाचनपछि उक्त निर्वाचनबाट प्राप्त परिणामको समीक्षा गर्न शुक्रबार हिमाचल प्रदेश जाँदै छन्। विधानसभाको हालै सम्पन्न निर्वाचनमा हिमाचल प्रदेशमा सो पार्टीले पराजय भोगेको थियो। निर्वाचनको समीक्षाको लागि उनी त्यहाँ पुग्न लागेको समाचारमा बताइएको छ।

हिमाचल प्रदेशमा विधानसभाको ६८ सिटमा कांग्रेस पार्टीले २० र भारतीय जनता पार्टीले ४४ सिटमा विजय हासिल गरेको थियो। अघिल्लो कार्यकालमा भारतीय कांग्रेसले नै सरकार बनाएको सो प्रदेशमा यस पटकको चुनावमा भने कांग्रेसले पराजय भोग्नु परेको थियो।

अध्यक्ष गान्धीले गर्ने हिमाली राज्यको एक दिने यस भ्रमणका क्रममा सिम्लामा निर्वाचन खटिएका कार्यकर्ता र मतदातालाई धन्यवाद दिने कार्यक्रम रहेको बताइएको छ। यसअघि पनि निर्वाचनको समीक्षाकै लागि अध्यक्ष गान्धी यसै हप्ताको सुरुमा गुजरात पुगेका थिए। गुजरातमा भने यसअघिको तुलनामा विधान सभाको निर्वाचनमा कांग्रेस पार्टीले बढी स्थानमा विजय हातपार्न सफल भएको थियो।

यद्यपी यहाँको राज्य सरकार भने भारतीय जनता पार्टीले नै बनाएको छ। गएको २२ बर्षदेखि यो राज्यमा भारतीय जनता पार्टीले नै सरकार बनाउदै आएको छ। रासस-एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ