arrow

इजिप्टको चर्चमा भएको आक्रमणको ट्रम्पले गरे निन्दा

logo
प्रकाशित २०७४ पुष १५ शनिबार

वासिङटन । इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा अवस्थिात एक चर्चमा भएको भीषण आक्रमणको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार निन्दा गरेका छन् ।  

इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँग ट्रम्पले गरेको टेलिफोन वार्तामा उनले इजिप्टका जनतालाई समवेदना व्यक्त गर्नु भएको र अमेरिकाले आतङ्कबादविरुद्धको लडाईका साथ दिने प्रतिवद्धता समेत प्रकट गरेको  ह्वाइट हाउसद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्च अगाडि एक बन्दूकधारी समूहले गरेको आक्रमणमा परी कम्तीमा दश व्यक्तिको मृत्यु भएको थियो ।

कायरोको हेल्वान जिल्लामा रहेको मार मिना चर्चमा आक्रमण भएको यस आक्रमणमा परी एक प्रहरी अधिकारी, एक आतङ्ककारी र आठ क्रिस्चियनको मृत्यु भएको इजिप्टको स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

इजिप्टका स्वास्थ्य मन्त्रीले मृत्यु हुनेहरूको सङ्ख्या दश पुगेको बताएको छ । उनले अरू पाँच जना घाइते भएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको थप जानकारी दिए ।

चर्चलाई नै लक्षित गरेर विस्फोटन गर्न लागिएको दुई वटा डिस्पोजल टोलीले निश्क्रिय बनाएको पनि समाचारमा उल्लेख गरिएको छ ।

मार मिना चर्चमा अर्को हप्ता हुने नयाँ बर्षको उपक्षय हुने कार्यक्रमको तयारी लागेका क्रिस्चियन समूदायलक्षित आक्रमण भएको थियो । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ