इजिप्टमा भएको चर्च आक्रमणको आइएसले लियो जिम्मा

प्रकाशित मिति : २०७४ पौष १५ शनिबार

कायरो । इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा अवस्थिात एक चर्चमा भएको भीषण आक्रमणको इस्लामिक स्ट्टेस आइएस समूहले जिम्मा लिएको छ । सो आक्रमणमा नौ व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

फ्रान्स २४ का अनुसार यस आक्रमणको दाबी आइएस समूहले लिएको छ ।  कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्चअगाडि एक बन्दूकधारी समूहले गरेको आक्रमणमा परी नौ व्यक्तिको मृत्यु भएको इजिप्टको गृह मन्त्रालयले शुक्रबार पुष्टि गरेको छ ।

स्थानीय सञ्चार माध्यमका अनसुार सुरक्षाबल र आक्रमणकारीबीच दोहोरो गोली हानाहान भएको र अन्त्यमा आक्रमणकारीले आफैले आफैलाई गोली प्रहार गरेर आत्महत्या गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँग गरेको टेलिफोन वार्तामा सो आक्रमणको निन्दा गरेका थिए ।

इजिप्टमा केही बर्ष क्रिस्चियन समूदायलक्षित बम र बन्दुक आक्रमण बढ्दै गएको पाइन्छ । एएनआइ

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ