arrow

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई अर्को तीन बर्ष जेल सजाँय

logo
प्रकाशित २०७४ पुष १५ शनिबार
morsi.jpg.jpeg

काएरो, इजिप्ट।  इजिप्टको एक अदालतले पूर्व राष्ट्रपति मोहम्मद मोर्सीले अदालतको अपहेलना गरेको अभियोगमा शनिबार तीन बर्ष जेल सजाँय तोकिएको यहाँको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।

अदालतले पूर्व राष्ट्रपति मोर्सीसहित उनको मुश्लिम ब्रदरहुड समूहका १८ जना सदस्यलाई सोही अभियोगमा काराबास सजाँयका लागि आदेश दिएको छ ।

मुद्दाका प्रतिवादी मोर्सी तथा उनको दलका सदस्यमाथि न्याय प्रणालीमाथि अपहेलना गरेको आरोप लागेको थियो । उनीहरूले इजिप्टको अदालतका केही न्यायाधीशमाथि अपमानित गरेको तथा न्यायलयमाथि घृणा जगाउने गतिविधि गरेको अदालतले ठहर गरेको छ ।

पूर्व राष्ट्रपति मोर्सीलाई सन् २०१२मा आफ्ना समर्थकलाई उक्साएर विरोधी समूहसँग भीषण भिडन्त गराएको भन्दै यस पहिल्यै २० बर्ष र कतारलाई महत्वपूर्ण कागजात चुहाएको आरोपमा २५ बर्ष जेल सजाँय तोकिएको थियो ।

इजिप्टमा लामो समय शासन गरेको मुश्लिम ब्रदरहुडका प्राय नेता अहिले कैदी जीवन विताउँदै आएका छन् । केही उच्च पदस्थ नेतालाई हिंसा गर्न उत्तेजित गरेको, इजिप्टका जासुस सदस्यको हत्या गरेको तथा जेलबाट भाग्न प्रेरित गरेको आरोपमा लामो जेल सजाँय तोकिएको छ भने केही अन्यलाई पुनरावेदन गर्न मिल्ने गरी मृत्यु दण्डको सजाँय सुनाइएको थियो । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ