arrow

बीपीको राजनीति एकता र मेलमिलापका लागि मात्र थियो –पुरुषोत्तम बस्नेत 

logo
प्रकाशित २०७४ पुष १६ आइतबार
purushottam-basnet.jpg

काठमाडौँ । वरिष्ठ पत्रकार एवं राजनीतिक विष्लेषक पुरुषोत्तम बस्नेतले नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको राजनीति एकता र मेलमिलापका लागि मात्र भएको बताएका छन् । 

बीपी कोइरालासंग लामो समय सम्पर्कमा रहेका बस्नेतले ०३३ साल पुस १६ गते बीपी नेपाल फर्केपछि मात्र बीपीलाई एकता र मेलमिलापका लागि चिनिने गरिए पनि बीपीको राजनीति सुरुदेखि अन्तसम्म केबल एकता र मेलमिलापको मात्र भएको ठोकुवा गरे । 

हाम्राकुरासंगको संक्षिप्त कुराकानीमा उनले भने, ‘बीपीले कहिल्यै पनि हिंसा रुचाउनु भएन, विदेशी हस्तक्षेप पनि रुचाउनु भएन, जे गर्नुपर्छ आन्तरिक छलफलमै बसेर समाधान गर्नुपर्छ भन्नुहुन्थ्यो, उहाँले राजा पनि आफ्नै देशको भएकाले कहिल्यै टाढाको दुस्मनी व्यवहार गर्नुभएन ।’

उनले अगाडि भने, ‘देश संकटमा पर्न लाग्यो, विदेशी हस्तक्षेप बढ्यो भनेरै उहाँ ज्यानको बाजी लगाएर ०३३ सालमा स्वदेश फर्कनु भयो, त्यसपछि त परिवर्तनका लक्षण देखिन थाले ।’

बीपीको दृढ विश्वासप्रति निकै नतमस्तक बस्नेत सम्झन्छन्, ‘विदेशीले हतियारको राजनीति गर्न थाले अब त देशै नफर्के देश नै नरहने हुन सक्छ, मेरो ज्यान हैन यतिबेला देश ठूलो हो भनेर उहाँ फर्कनु भयो ।’

नेपालमा भएका हरेक परिवर्तन र आन्दोलनमा मेलमिलाप र एकताको सन्देश रहेको बस्नेतको दाबी छ । 

‘०४६ सालदेखि ०६२–६३ को आन्दोलनमा मेलमिलाप र एकता नभएको भए कुनै हालतमा न बहुदल आउँथ्यो न त राजसंस्था नै ढल्थ्यो’, बस्नेत भन्छन्, ‘माओवादीसंगको १२ बुँदे समझदारी बीपीकै मेलमिलापको नीति अन्तर्गत भएको हो ।’

अहिलेका काँग्रेसी नेताहरु भने मेलमिलापको नीतितिर नहिँडेको बस्नेतको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ