arrow

यस्तो छ विनाविभागीय मन्त्रीहरुको चाला

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
pm-office-and-council-of-ministries.jpeg

काठमाडौं । साढे दुई महिनादेखि माओवादी केन्द्रका १६ मन्त्री जिम्मेवारीविहीन भएका छन् । जिम्मेवारी नभएपछि यी मन्त्री सकेसम्म सिंहदरवार जान रुचाउँदैनन् ।

कहिलेकाहीँ गए पनि माओवादीको संसदीय दलको कार्यालयमा जाने गर्छन् । विनाविभागीयहरुका लागि छुट्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको ‘कमन रुम’मा उनीहरु जान चाहन्नन् ।

१६ विनाविभागीय मन्त्रीका लागि मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय भवनमा एउटा साझा कोठा छुट्याइएको छ । तर त्यहाँ विनाविभागीय मन्त्रीहरु एक पटक पनि टेकेका छैनन् ।

वर्तमान सरकारमा माओवादीबाट एक उपप्रधानमन्त्री, ८ विना विभागीयमन्त्री र ७ विनाविभागीय राज्यमन्त्री छन् । क्याविनेट तहका ९ मन्त्रीलाई प्रधानमन्त्री कार्यालयका सचिवले मन्त्रिपरिषदको बैठकको अजेन्डा पठाउने गर्छन् । ७ राज्यमन्त्रीले त्यो अवसर पनि पाउँदैनन् ।

फुर्सदिला भएका विनाविभागीय मन्त्री सकेसम्म जिल्लातिरै समय कटाउँदै आएका छन् । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ