arrow

काँग्रेस नेतृत्वको दादागिरीलाई मतदाताले रुचाएननः गगन थापा (भिडियो)

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
gagans.JPG

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली नेता गगन थापाले पार्टीभित्रको सबै राम्रो र नराम्रो परिणामको जवाफदेहिता लागि नेतृत्वले लिनुपर्ने बताएका छन्। चुनावमा काँग्रेस जीतेको भए त्यसको जस र हारेको अवस्थामा त्यसको जवाफदेहिबाट काँग्रेस नेतृत्व उम्किन नसक्ने थापाले बताए। 

कान्तिपुर टेलिभिजनको फायर साइडमा कुराकानी गर्दै थापाले हारको जिम्मेवारी लिनबाट नेतृत्व तह पछि हट्न नहुने बताए।  हारको दोष सभापतिसँगै उहाँसँगै कुम जोडाएर बस्ने वरिष्ठ नेता, महामन्त्री र पदाधिकारीहरुले पनि लिनुपर्ने थापाले बताए। 

पार्टीभित्र चुनावमा भएको हारको समिक्षा  हुनुपर्ने र हुने भन्दै नेता थापाले नेतृत्वको दादागिरिका कारण जनताले काँग्रेसलाई पाठ सिकाएको बताए। 

 ' पार्टीको निर्णय प्रक्रियामा नेताहरुले दादागिरी देखाए। मतदातालाई हेपे। कार्यकर्तालाई हेपे।' थापाले भने ' सबै कुरा सहन्छ तर हेपेको सहदैन। यसको हिसाव मतदाताले चुनावमा देखाइदिए।' 

समानुपातिकमा पहिले समानुपातिकबाट आएका सांसदलाई उमेद्वार नवनाउने भनियो फेरि त्यसलाई मानिएन। हामीले जे गरेपनि सबैले मान्नुपर्छ भन्ने सोचको यो एउटा नमुना थियो यहि सोचले जाँदा यो हालत भएको उनले बताए। 

परिणामलाई स्विकार्दै जानुपर्नेमा नेतृत्वले अहिलेपनि देखाइदिन्छु, पेलेर जान्छु भन्ने व्यवहार देखाइरहेको कुरा डरलाग्दो भएको थापाले बताए। 

‘तपाईहरुका कारण चुनाव हारियो अब छाड्नुस भनेर युवाले माग्ने होइन । पार्टीका लागि नेतृत्वले गरेको योगदानको सम्मान गर्दै अबको पुस्तालाई हस्तान्तरण गर्न उत्प्रेरित गर्नुपर्छ । ’, थापाले भने । 

महासमिति बैठकबाट विधान संशोधन गरेपछि महाधिवेशन बोलाएर मात्रै नेतृत्व परिवर्तन गर्नुपर्ने थापाको भनाई छ । उनले केहि चाँडै भएपनि महाधिवेशन बोलाएर नीति र नेतृत्व परिवर्तन गर्नुको विकल्प नभएको बताए । थापाले थपे, ' अब तदर्थ संरचनामा होइन नयाँ संरचनामा जाउँ।'

पार्टीभित्र प्रभावशाली रहेका पाका नेताहरुले काँग्रेसको ईतिहासमा महत्वपूर्ण योगदान रहेको र अब भने अभिभावकीय भूमिकामा बस्नुपर्ने थापाको भनाई छ । 

सातवटै प्रदेशमा गएर काँग्रेस सुधारको अभियान सञ्चालन गर्ने र काँग्रेस बलियो बनाउन सक्रिय हुने उनले बताए । 

अबको ५ वर्ष आफूलाई सांसदभन्दा अर्को पद नचाहिने भन्दै थापाले पार्टीको चुनाव जस जसले लडेपनि आफू काँग्रेस बलियो बनाउन लागिपर्ने बताए ।

थापाले काँग्रसले चुनाव प्रचारको शैलीले कम्युनिष्ट गठवन्धनलाई नै फाइदा पुर्‍याएको बताए। 

' कम्युनिष्ट मतदाताले एक अर्काप्रति अविश्वास गरिरहेका बेला हामीले कमयुनिष्ट मिलेर पचास बर्ष शासन गर्छ भन्यौ उनीहरु आए बोल्न पनि पाउँदैनौ भन्यौ ' एक अर्काप्रति अविश्वास गरिरहेका बेलामा काँग्रेसले उनीहरुकै प्रचारमा बल पुर्‍याएको प्रसङग उल्लेख गर्दै उनले भने, ' हामीले उनीहरुको अविश्वास घटाएर विश्वास दिलाउन मद्धत गर्दै प्रचार गर्‍यौ। हामीले उनीहरुको मत ल्याउने गरि कहाँ काम गर्न सक्यौ। '

नेता थापाले भने, ' हामीले भविष्यप्रति पनि आश्वस्त बनाउन सकेनौ जुन कुरा कम्युनिष्टले गरे। '

अर्को चुनावमा जीत्नका लागि काँग्रेसले १८ लाख थप मतदातालाई आफ्नो पक्षमा ल्याउनुपर्ने उल्लेख गर्दै थापाले त्यसका लागि काँग्रेसले आजैबाट चुनावको तयारी शुरु गर्नुपर्ने बताए। 

सबै कुरा पररिवर्तन हुँदा पनि पार्टी भने यथास्थितिकै संरचना र सोचले चल्न नसक्ने थापाले ठोकुवा गरे। भिडियोका लागि तल क्लिक गर्नुहोस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ