arrow

नाना पाटेकर : 'अब तक सड़सठ'

सम्बन्ध बिच्छेद नगरि श्रीमतीबाट अलग रहेका छन् नाना पाटेकर

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
nanapatekar.jpg

एजेन्सी । चलचित्र 'अब तक छप्पन' मा अभिनय गरेका बलिउड अभिनेता नाना पाटेकर ६७ बर्षका भएका छन् । १  जनवरी १९५१ मुराद-जन्जिरा (महाराष्ट्र) मा जन्मिएका नानाको जीवन बारे यस्ता कयौ कुराहरु रहेका छन् । जो कमै दर्शकलाई थाहा होला।  उनले थ्रिएटरबाट अभिनयको सुरुवात गरे भने आज बलिउडमा एक हस्तिका रुपमा रहेका छन् ।  उनले थ्रिएटर कलाकार  नीलू उर्फ नीलकान्तिसँग विवाह गरेका थिए ।

उनले विवाहमा ७ सय ५० रुपैयाँ खर्च गरेका थिए । आफ्नो विवाहमा गरेको खर्च बारे नाना पाटेकरले अन्तर्वार्ताहरुमा बताउने गरेका छन् ।  

पहिले आफ्नो करियर बनाउने र मात्र विवाह गर्ने पक्षमा थिए नाना । उनले भने 'मैले विवाह गर्ने वारे पहिले सोचिन । त्यसैले थ्रिएटरमा अभिनय  गरे । पहिले म केहि पैसा कमाउन थालु र कोहि केटि मसँग विवाह गर्न राजि भए मात्र विवाह  गर्ने पक्षमा थिए ।'

थ्रिएटरमा नीलूसँगको भेट सम्झदै नानाले भने  'मैले नीलूसँग विवाह गरे , उनिसँग मेरो पहिलो भेट थ्रिएटरमा भएको थियो । उनि निकै राम्रो अभिनेत्री र लेखक पनि हुन् ।  नीलू एक बैंकमा अफिसर थिइन्  र २ हजार रुपैया महिनामा कमाउथिइन् । सो समय म प्रति शो ५० रुपैया कमउथे । म महिनाको १५ शो गर्दा पनि ७ सय ५० रुपैयाँ  कमाउथे । म र नीलूको कमाई जोडेर ३२ सय ५० रुपैयाँ हुन्थियो जुन पर्याप्त भन्दा ज्यादा थियो । '


विवाहको प्रसंगमा  नाना  भन्छन् , ' ७० दशकको मध्यमा २ सय रुपैयामा राशन आउथियो । यसैले हाम्रो बचत निकै हुन्थियो । हामिले विवाहमा ७ सय ५० रुपैयाँ खर्च गरेका थियौ । सो खर्चवाट हामिसँग २४ रुपैयाँ बचेको थियो । सो त्यहि रहेको २४ रुपैयाले हामिले सफ्ट ड्रिंक किन्यौ र पाहुनालाई सामान्य पार्टी दियौ ।  विवाहपछि हामि एक रातको लागि पुणे गएका थियौ । अरविन्द देशपाण्डेले हाम्रो लागि  होटलमा कोठा बुक गरेका थिए ।'


 नाना पाटेकरका अनुसार उनको श्रीमती नीलू सिनेमाबाट टाढै रहिन् । उनि भन्छन् , ' उनको एक मात्र चलचित्र 'आत्मविश्वास' थियो , जसलाई सचिन पिलगांवकरले निर्देशन गरेका थिए । सो चलचित्रको लागि उनलाई बेस्ट एक्ट्रेसको अवार्ड पनि दिइएको थियो । नानाका अनुसार बढ्दो उमेरसँगै नीलूको वजन केहि बढ्यो र उनि सिनेमावाट अलग रहिन् ।  नाना भन्छन्  - 'नीलूलाई मैले वजन कम गर्नको लागि पनि सलाह दिएको थिए ।'

 नाना पाटेकर श्रीमती नीलूबाट अलग बस्दै आएका छन् । उनिहरुको सम्बन्ध बिच्छेद भने भएको छैन । एक अन्र्वार्तामा नानाले भने , 'हामि सधै भेटछौ र  एक- अर्काको ख्याल पनि राख्छौ ।'

सो समय नानाको अफेयर मनीषा कोइरालासँग चलिरहदा श्रिमित नीलूले पत्ता पाएपछि नानालाई छोडेको भन्ने पनि सुन्नमा आएको छथियो । तर नाना यी सबै कुरालाई अस्विकार गर्दै आएका छन् ।  

नाना पाटेकरको एक छोरा रहेका छन् । जसको नाम मल्हार हो । मल्हार भन्दा पहिले उनको जेठो छोराको जन्म भएको थियो जसको मृत्यु केहि समपछि भयो । उनले भने, '२७ वर्षको उमेरमा मेरो विवाह भयो । जब २८ बर्षको भए बुवालाई गुमाए र त्यसको करीब अढाई बर्षपछि मेरो जेठो छोराको मृत्यु भयो । जन्मदै उसको ओठ काटिएको थियो साथै अन्य समस्या पनि उसमा थियो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ