arrow

आमिर खानको 'दंगल' चीनमा एक नंबर चलचित्र !

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
modi_ping_and_dangal.jpg

एजेन्सी। भारतमा सबै रेकड तोडेको बलिउड स्टार आमिर खान अभिनीत चलचित्र चीनमा पनि रेकड तोड्न सफल भएको छ। चीनको आईएमडिबी (ईन्टरनेट बेस्ड मुभी डाटाबेस) अनुसार चीनमा यो बर्ष एक नंबरमा रहन सफल भएको हो । 

चीन लगायत आमिर खान अभिनित चलचित्रले अमेरिका, क्यनाडा, बेलायत, अष्ट्रेलियामा पनि अत्यधिक सफलता पाईसकेको छ। 

गत जुलाईमा भारतीय रुपिया २ हजार करोड कमाईसकेको चलिचत्रले थप कति कमायो भन्ने कुरा खुलेको छैन। एक बर्ष अगाडी नितेश तिवारी निर्देशीत चलचित्र प्रदर्शनमा आएको थियो। 

छोरी र कुस्तीसँग जोडिएर आएको कथामा बनेको चलचित्रले दक्षिण एसियाको समाजमा रहेको महिलालाई हेर्ने दृष्टीकोणमा फर्क पारेको छ। भारतीय कुस्ती खेलाडी महावीर सिंह फोगट र उनका छोरीहरुको जिवनमा बनेको कथालाई आमिर खानले पुर्ण न्याय गरेका छन्। 

आमिर खान बलिउडमा मेथोड एक्टरका रुपमा परिचित छन्। उनी आफु सन्तुष्ट नभएसम्म कुनै पनि सीन ओके गर्दैनन् र कथामा आफै पुर्ण रुपमा भिजेका हुन्छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ