arrow

विश्व क्रिकेट लिग डिभिजन–२ : प्रशिक्षण लिने २१ जनामा राष्ट्रिय टोलीका दुई हस्ती अटाएनन्

नयाँलाई ठाउँ

logo
प्रकाशित २०७४ पुष २० बिहिबार
cricket-nepal.jpeg

काठमाडौं । आउँदो माघ २५ देखि नामिवियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।

२१ जनाको बन्द प्रशिक्षणका लागि छनोट भएका २१ खेलाडी मध्ये अधिकांश युवा खेलाडी छन् । तर, राष्ट्रिय टोलीमा लामो समयदेखि खेल्दै आएका भर पर्दै आएका खेलाडी विनोद भन्डारी परेनन् । उनी विकेटकिपर व्याट्सम्यान हुन् ।

यस्तै, बल, ब्याट र फिल्डसँग परिचित ‘अलराउन्डर’ सागर पुन प्रारम्भिक टोलीभित्रै परेनन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले भनेका छन्, ‘हामी  शुक्रबारबाट तयारी थाल्छौँ ।

बन्द प्रशिक्षणका लागि छानिएको टोलीबारे जानकारी दिँदै मुख्य प्रशिक्षक टमाटाले भने, ‘पहिलो चरणको बन्द प्रशिक्षणमा सहभागि हुने २१ खेलाडी छनोटको मूख्य आधार डब्लुसिएल च्याम्पियनसिपको सातौं चरण, १९ वर्षमुनिको एसिया कप र एभरेस्ट प्रमियर लिग (इपिएल)को प्रदर्शन हो ।’ उनका अनुसार ताजा प्रतियोगितामा चाखलाग्दो र आशलाग्दो  प्रदर्शन गरेका नयाँ अनुहार पनि टोली परेका छन् ।

१५ दिन बन्द प्रशिक्षण
टोलीले नेपालमै १५ दिन प्रशिक्षण लिनेछ । १५ दिनको बन्द प्रशिक्षणपछि राष्ट्रिय टोलीका अन्तिम सदस्यको सूची तयार हुने मुख्य प्रशिक्षक टमाटाले बताएका छन् ।  बन्द प्रशिक्षणबाट छानिएको टोलीले प्रतियोगिताको अन्तिम तयारी दक्षिण अफ्रिकामा गर्नेछ । दक्षिण अफ्रिकामा नेपाली टोलीले बढीमा १२ दिन अभ्यासमा विताउने छ । दक्षिण अफ्रिका बसाईका क्रममा नेपालले ३ अभ्यास खेल्न र पछि सिधैं नामिविया जाने जाने तालिका छ ।

देसाई व्याटिङ प्रशिक्षक
मोन्टी देसाई नेपाली टोलीको व्याटिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले यसअघि पनि नेपाली टोलीका लागि काम गरिसकेका छन् । डिभिजन–२ क्रिकेट आउँदो माघ २५ देखि फागुन ३ (फेब्रुअरी ८ देखि १५) सम्म ६ हुँदैछ । जहाँ ६ टोलीले स्पर्धा गर्ने छन् । प्रतियोगितामा नेपाल, युएई, नामिविया, केन्या, क्यानडा र ओमान सहभागि हुने छन् ।  डिभिजन–२ का शीर्ष २ टोलीले विश्वकप छनोट खेल्न पाउने छन् ।

युएई, नामिविया र केन्यासहित नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट शीर्ष चारमा पर्न नसकेपछि डिभिजन–२ मा घटुवा भएका छन् । क्यानडा र ओमान डिभिजन–३ बाट बढुवा भएका टोली हुन् ।
डिभिजन–२ बाट शीर्ष दुई टोली छनोट भएसँगै एकदिवसीय विश्वकप छनोट खेल्ने १० टोलीको टुंगो लाग्नेछ ।

बन्द प्रशिक्षणमा को–को परे ?
अनिलकुमार साह
बसन्त रेग्मी
दिलीप नाथ
दीपेन्द्रसिंह ऐरी
दिपेस श्रेष्ठ
करण केसी
ज्ञानेन्द्र मल्ल
किशोर महतो
ललितसिंह भण्डारी
ललितनारायण राजवंशी
मोहमद आरिफ शेख
पारस खड्का (कप्तान)
रोहित कुमार पौडेल
रसिद खान
सन्दीप लामिछाने
शक्तिप्रसाद गौचन
शरद भेषावकर
सिद्धान्त लोहनी
सोमपाल कामी
सुनील धमला
सुशन भारी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ