- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बेलौरी । स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरुले मनोमानी तरिकाले गर्दै आएका काम र योजना बाँडफाँड तथा पारदर्शिताका लागि नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले खबरदारीकालागि ४ जनालार्इ संयोजकको जिम्मेवारी तोक्दै ५ बुँदे निर्णय गरेको छ ।
निर्वाचन क्षेत्र नम्बर १ को काँग्रेस क्षेत्रीय समितिको आज सम्पन्न बैठकले क्षेत्र नम्बर १ भित्र कार्यान्वयनका लागि ५ वटा निर्णय गरेको छ । जस अन्तर्गत निर्णय नं. १ मा स्थानीय स्तरमा स्थानीय तहले प्रमुख प्रतिपक्षको सल्लाह विना जनताको इच्छा विपरीत मनपरी तरीकाले काम गरिरहेको ठहर गर्दै सही काममा सहयोग र गतल कामको प्रतिवाद गर्नका लागि बेलौरी नगरपालिकाका लागि क्षेत्र नं. १ का पुर्व क्षेत्रीय सभापती हरेन्द्र सिंह बिष्ट, बेलडाँडी गाउँपालिकाका लागि हर्कदेव जोशी, लालझाडी गाउँपालिकाका लागि धर्मसिंह वडायक र पुर्नवास नगरपालीकाका लागी तोय प्रसाद शर्माको संयोजकत्वमा खबरदारी तथा पैरबी समिती गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै निर्णय नं. २ मा मंसिर २१ गते सम्पन्न भएको प्रदेश सभा तथा प्रतिनिधी सभा निर्वाचनमा नेपाली कांग्रेशको पक्षमा मतदान गर्नुहुने सबै मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको बताइएको छ । निर्णय नं. ३ मा जनताका काम सहज तरिकाले गर्न गराउनका लागी स्थानीय तहमा नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित पदाधिकारीलाई सुझाव सल्लाहका लागि यही पौष २२ गते क्षेत्रीय कार्यालयमा बोलाई निर्देशन दिने निर्णय गरिएको छ ।
त्यसैगरी निर्णय नं. ४ मा स्थानीय एवम् प्रदेश र प्रतीनिधि सभा निर्वाचनमा असहयोग गर्ने पार्टीमा आवद्ध सबैको छानविन गरी आवश्यक कारबाही गर्ने निर्णय गरिएको छ । निर्णय नं. ५ मा नेपाली कांग्रेशका निर्वाचित नगर कमिटी सदस्य केशव राज उपाध्याय, पुर्व जनप्रतीनिधि हरिप्रसाद रेग्मी लगायत स्वर्गीय नेताहरुलाई श्रद्वाञ्जली अर्पण गर्ने निर्णय गरिएको नेपाली कांग्रेश कञ्चनपुर क्षेत्र नं. १ का सभापति गोपि प्रसाद उपाध्यायको सभापतित्वमा सम्पन्न बैठकमा निर्णय गरिएको क्षेत्रीय सचिव विश्राम रानाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ ।