arrow

कमल थापा चरम संकटमा, नाच्न नजान्ने आँगन टेढो 

logo
बाबु नेपाली,
प्रकाशित २०७४ पुष २१ शुक्रबार
kamal-thapa-1.jpg.jpeg

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापा यतिबेला चरम संकटमा छन्। यसअघिको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकबाट २५ सिट ल्याएर १२ भित्ता उफ्रिएका उनी र उनको पार्टीले यसपटक के के न बाघ मार्छौं भनेका थिए। त्यो सम्भव भएन। जनताले पत्याएनन्।  आफ्ना एजेन्डा भुल्ने अनि उनले चुनावमा हारको दोष कांग्रेसलाई लगाए । काँग्रेससंग तालमेल गरेरै राप्रपाले हारेको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताले बताए।

लौ कांग्रेसले हरायो रे। अनि यसअघिको निर्वाचनमा प्रत्यक्षमा कहीं जितेको थियो र ? यो त विश्वास हो कि राप्रपाले हिन्दू धर्मलाई फेरि फर्काउँछ भनेरै जनताले भोट दिए । राजसंस्था फर्काउँछ भनेरै राजाबादीले भोट दिए। तर कमल थापा र उनको पार्टीले कम्यूनिष्ट दलहरुसंग मिलेर गणतन्त्रको खीर खाइरहने अनि राजतन्त्रवादीले भोट दिन्छन् ? हिन्दू धर्म चाहियो भनेर राप्रपाले एक दिन संसद बैठक अवरुद्ध गर्यो ? 

आफ्ना कार्यकर्ता कति छन् भन्ने अहिलेसम्म रेकर्ड राख्न नसक्नेले दोष भने कांग्रेसलाई ? पहिलेको चुनावमा २५ सिट समानुपातिकमा ल्याउनेले अहिले समानुपातिकमा कति मत ल्यायो ? नाच्न नजान्ने आँगन टेढो भनेको यही हो। प्रतिनिधिसभा चुनावमा देशका १६५ स्थानमध्ये पाँच स्थानमा मात्र उम्मेदवारी दिएकाले पार्टीले न्यूनतम मतसीमा प्राप्त गर्न नसकेको समेत उनीहरुको तर्क छ। 

धन्यै पाँच सिटमा भए पनि उम्मेदवारी दिएका रहेछन्। कम्युनिष्ट गठबन्धनले नसघाएको भए झापामा पनि जित्न सक्ने थिएन। किनकि राप्रपाका मतदाता नै छैनन्। एमाले र माओवादीसंग मिलेर पटक पटक सरकारमा जाने, एमाले अध्यक्ष केपी शर्मा ओलीको जहाँ पनि गुणगान गाउने तथा परेका बेलामा भारतीय हिन्दूलाई पनि गाली गर्न पछि नपर्ने  कमल थापालाई कसले विश्वास गर्ने ? भाइभारदारीमा लागेका कमल थापाले पार्टीका लागि के गरे ? कांग्रेस नेतृत्वको सरकारमा गएर पनि हार भयो भने पदाधिकारीहरुले। के स्थानीय तहको निर्वाचनमा पनि काँगे्रेसले नै हराएको हो त ? 

बैठकमा उनको राजीनामा :

बुधबारदेखि काठमाडौंमा जारी केन्द्रीय समिति बैठकमा अहिलेसम्म ५८ नेताले धारणा राखेका छन्। अधिकांशले कमल थापालाई अध्यक्षबाट नैतिकताका आधारमा राजीनामा गर्न दबाब दिएका छन्। बैठक शुक्रबार बिहान पनि बस्दैछ। कमल थापा कम्पनीले पार्टी विभाजन भएपछि कति हानी हुन्छ भन्ने बुझेन। आन्तरिक कलहले कति असर पर्छ भन्ने बुझेन। यति हुँदाहुँदै पनि अझै दोष काँग्रेसलाई ? 

काँग्रेस सरकारमा सहभागी भएर मोजमस्ती गर्नु कमल थापाको अवसरवादी चरित्र हो। अब के जवाफ दिन्छन् उनले मतदातालाई ? के काँग्रेसले राप्रपालाई जिताउने ठेक्का लिएको छ ? कांग्रेस आफै नराम्ररी पराजित भएको छ । कांग्रेस पराजित हुनुमा राप्रपाको केही दोष छैन। कांग्रेसले दोष पनि लगाएको छैन। कमल थापाको पार्टी र नेतृत्वको रबैया कतिसम्म गिर्यो भन्ने कुराको उदाहरण खोज्न सहरी विकास मन्त्रालयबाट दिलनाथ गिरीलाई फिर्ता बोलाएपछि स्पष्टै हुन्छ। 

उनको राणाकालीन थैली अहिले थापाकालीन भएको छ । के यही रबैयाले पार्टी चल्छ र ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ