arrow

स्वास्थ्य बीमा बोर्डमा डा लोहनी

logo
प्रकाशित २०७४ पुष २१ शुक्रबार
dr-gunaraj-lohani.jpg

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा गुणराज लोहनी नियुक्त भएका छन् ।  

स्वास्थ्य मन्त्री दीपक बोहोराले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि डा लोहनीलाई निर्देशकको जिम्मेवारी दिएका हुन् ।  

स्वास्थ्य बीमा ऐनमा बोर्डको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट आउने व्यवस्था छ । 

स्वास्थ्य मन्त्रालयले खुला प्रतिस्पर्धाबाट निर्देशक नियुक्त नहुँदासम्मका लागि भन्दै मन्त्रिस्तरीय निर्णयबाट डा लोहनीलाई निर्देशकको जिम्मेवारी दिएको जनाएको छ । 

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको कार्यकारी निर्देशक रहेका लोहनीले स्वास्थ्य बीमा ऐन आएपछि बोर्डमा नयाँ निर्देशक नियुक्त हुनुपर्ने भन्दै साताअघि राजिनामा दिएका थिए । 

सरकारले गत असोज २४ गते बीमा ऐन ल्याएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ