arrow

पौडेल समुहको काठमाडौंमा तेस्रो वैठक, के के भयो छलफल  

देखिएनन मिनेन्द्र र शेखर

logo
प्रकाशित २०७४ पुष २१ शुक्रबार
ramchandra-&-sashank.jpg.jpeg

काठमाडौं। चुनावमा नेपाली काँग्रेसको पराजय पछि काँग्रेस औपचारिक रुपमा अझै छलफलमा जुट्न सकेको छैन तर समुहगत रुपमा छलफल भने व्यापक हुन थालेको छ। काँग्रेसका सात केन्द्रीय सदस्यले काँग्रेसको राजनीतिलाई तरंगित गरे। चन्द्र भण्डारीको नेतृत्वमा रहेको सो समुहले काँग्रेस वृत्तमा आशाको सञ्चार जगाउने प्रयास गर्‍यो। 

काँग्रस सभापति शेर बहादुर देउवा पनि आन्तरिक रुपमा आफू निकट नेताहरुसँग छलफलमा व्यस्त छन्। राष्ट्रिय सभाको चुनावको रस्साकस्सीसँगै केन्द्रिय समितिको वैठक र त्यसपछि महासमितिको वैठक सम्म वोलाउने आन्तरिक गृहकार्यमा देउवा रहका छन्। 

वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आफ्ना निकटहरुसँग छलफलमा जुटेका छन्। पौडेललाई समुहमा रहेका करिव डेढ दर्जन भन्दा वढी केन्द्रीय सदस्यले साथ दिइरहेका छन्। केन्द्रीय सदस्य नविन्द्रराज जोशीले पौडेल समुह निकट रहेका नेताहरुको भेटघाट र छलफललाई सहजिकरण गरिरहेका छन्। 

पौडेल समुहका नेताहरु आज समेत गरि तेस्रो पटक छलफलमा जुटेका हुन्। वैठकमा रहेका एक केन्द्रीय सदस्यका अनुसार पौडेल समुहमा रहेका आफूहरुलाई दोस्रो र तेस्रो पुस्ताका मान्ने नेताहरु अधिकांश वैठकमा सहभागि थिए। 

केन्द्रीय सदस्यहरु दिपक गिरी, नविन्द्रराज जोशी, धनराज गुरुङ, हृदयराम थानी, रामकृष्ण यादव, कमला पन्त, गोविन्द भट्टराई, किरण यादव, गुरुराज घिमिरे, कल्याण गुरुङ, सरिता प्रसाई,  रत्ना शेरचन, जीवन परियार लगायत तेस्रो पुस्ताका केन्द्रीय सदस्यहरु वैठकमा थिए।

भेलामा पौडेलले दिए नेतृत्व
काठमाडौंमा भएको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व दिएका थिए। महामन्त्री डा शसांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंह पनि वैठकमा सहभागि थिए। केन्द्रीय सदस्यहरु डा रामशरण महत, महेश आचार्य र दिलेन्द्र बडु लगायतका नेताहरु पनि वैठकमा सहभाग थिए। वैठकमा पार्टीगत राजनीतिका विभिन्न आयामहरुमा छलफल भएको थियो। समानुपातिकमा सबै मनोनित भएपछि बन्ने संसदीय दलमा नेता बनाउने बारेमा पनि छलफल भएको थियो। 

देखिएनन ३ डाक्टर 
पौडेल समुहले आयोजना गरिएको यो तेस्रो वैठकमा अपेक्षित केहि नेताहरु भने देखिएनन। समुहमा रहेका सबै नेताहरु आउँदा पनि उनीहरुलाई नदेख्दा केहिले कुरा पनि गर्न भ्याइहाले। 

काँग्रेस नेता डा मिनेद्र रिजाल वैठकमा आएनन। वैठकमा सहभागि एक नेताले मोरङबाट निर्वाचित एक मात्र प्रतिनिधि सभा सदस्य रिजाल किन वैठकमा आएनन भन्ने प्रश्न समेत गर्न भ्याए। 

विहिवारसम्म काठमाडौंमा रहेका उनी वैठकमा नआएको बारेमा एक केन्द्रीय सदस्यले रिजाल आफू निर्वाचित भएको मोरङ क्षेत्र नम्वर २को कार्यक्रममा व्यस्त हुनुपरेकोले वैठकमा सहभागि हुन नसकेको जवाफ दिए। तर वैठकमा उनी नआउनुलाई वैठककै केहि सहभागिहरुले अर्थपूर्ण रुपमा लिएका छन्। 

काँग्रेस नेता डा शेखर कोइराला पनि काठमाडौंको यो वैठकमा देखिएनन। उनी पनि पोखराको एक कार्यक्रममा सहभागि हुन पुगेका थिए। अर्का नेता डा नारायण खड्का पनि वैठकमा नआएको बताइएको छ। वैठकमा डाक्टर शसांक र डाक्टर रामशरण महत आएपनि ३ जना डाक्टर नदेखिदा केहिले कहाँ गए ३ डाक्टर भन्दै सोधखोज पनि गरेका थिए। 

चन्द्र भण्डारीसँगै हस्ताक्षर गर्नेहरु पनि पौडेल समुहको वैठकमा
केन्द्रिय सदस्य चन्द्र भण्डारीसँगै हस्ताक्षर गर्ने ७ जना केन्द्रिय सदस्यहरुले काँग्रेसमा पूनर्जागरको वहस चलाएका थिए। ति सात केन्द्रिय सदस्यहरुमा धनराज गुरुङ, गुरुराज घिमिरे, वद्री पाण्डे पनि थिए। पौडेल समुहको तेस्रो रणनीतिक भेलामा यि तीन नेता पनि सहभागि थिए। 

दिल्ली पुगे खुमबहादुर खड्का
राजनीतिक उतारचढावकै बीच काँग्रेस नेता भने दिल्ली पुगेका छन्। उपचार र अन्य राजनीतिक भेटका लागि खड्का दिल्ली हानिएका छन्। उनी सम्भवत एक हप्ता दिल्ली रहनेछन्। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेर बहादुर देउवासँग भेटेर उनी दिलिी गएका हुन्। 

जनताको भरोसाको पार्टी बनाउने चिन्ता
चुनावपछि निरास प्राय बनेका नेपाली काँग्रेसका कार्यकर्तालाई उत्साहित बनाउने सन्दर्भमा आफूहरुको भेला र छलफल महत्वपूर्ण रहेको एक नेताले बताए। सार्वजनिक खपतका लागि भन्दा पनि आफूहरु वृहत छलफल अघी बढाउँदै जनतामा भविष्य दिन सक्ने पार्टीको रुपमा काँग्रेसको पुनर्जागरणको लागि आफूहरु सक्रिय रहेको ति केन्द्रीय सदस्यले बताए। 

पार्टी पूनर्जागरणका सन्दर्भमा पार्टीभित्रका सबै सबै टीमसँग छलफल गर्ने योजना उनीहरुको छ। नयाँ रुपमा काँग्रेस पार्टी जानुपर्छ भन्ने आम कार्यकर्ता र आम नेपाली जनताको भावनालाई आत्मसात गर्दै आफूहरु लागिरहेको उनीहरुको भनाइ छ। 

फेरि बस्ने
धारावाहिक रुपमा बसिरहेको वैठक आइतवार वा सोमबार फेरि बस्ने बताइएको छ। नेपाली काँग्रेसलाई भरोसायोग्य पार्टीको रुपमा जनताको बीचमा लान वैठकमा नीतिगत छलफलगरि निर्णय गर्नेगरि गृहकार्य पनि भइरहेको एक नेताले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ