arrow

मनकारी योगेश : स्थापना गरे दुई अक्षय कोष

logo
प्रकाशित २०७४ पुष २२ शनिबार
yogesh_B.JPG

काठमाडौं । ताप्लेजुङ जिल्लाबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित प्रतिनिधि सभा सदस्य एवं सचिव योगेश भट्टराईले  जिल्लाका संगीत र पत्रकारिता क्षेत्रको विकासका लागि पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।

निर्वाचनमा सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रममा उनले कोषको घोषणा गरेका हुन् । उनले ताप्लेजुङ संगीत प्रतिष्ठान स्थापना गर्ने र जिल्लाका विभिन्न भागमा रहेका संगीत प्रेमीलाई सोही कोषमार्फत सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले संगीत प्रतिष्ठानका लागि सुरुमा तीन लाख रुपैयाँ कोषमा राखेका हुन् । जिल्लाको गीत संगीत क्षेत्रको  विकासका लागि स्थापना भएको यो नै पहिलो कोष हो ।

त्यस्तै पत्रकारिता क्षेत्रको विकास र जिल्लाका पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि  दुई लाख रुपैयाँको अक्षय कोष घोषणा गरेका छन् । उनले जिल्लास्तिथ पत्रकारसंग सम्बन्धित संस्था तथा पत्रकार महासंघमार्फत पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी तथा अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । पत्रकारितालाई व्यवसायिक बनाउन पत्रकारहरुको क्षमता अभिबृद्धि महत्वपूर्ण भएको उल्लेख गर्दै कोष स्थापना गरेको उनले बताए ।

कोषको रकम क्रमस बढाउने योजना छ । कार्यक्रममा भट्टराईले अब देश विकासका लागि आर्थिक समृद्धिको अभियान छेड्नुपर्ने सुनाए । ताप्लेजुङ जिल्लामा विकासका हजारौं संभावना रहेको औंल्याउदै अब आफूले अभियानका रुपमा अघि बढाउने प्रतिवद्धता समेत जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ