arrow

पौडेल समुहको भेलामा नगएका डा रिजाललाई प्रश्नः तपाइ किन नगएको भेलामा?

काँग्रेस नेतृत्व संक्रमणकालिन भइसक्यो

logo
प्रकाशित २०७४ पुष २२ शनिबार
minendra-rijal.jpg.jpeg

काठमाडौं। नेपाली काँग्रेस पार्टीको औपचारिक फोरमहरुमा भन्दा पनि अनौपचारिक फोरमहरुमा छलफलमा व्यस्त छ। विभिन्न नेताहरुको संयोजनामा गुटका भेलाहरु भइरहेका छन्। निश्चित उद्धेश्य राखेर गरिएका यस्ता गुटगत भेलाहरुमा सहभागि रहेकाहरुले एउटै कुरा भने दोहोर्‍याउने गरेका छन्। पार्टीलाई गुटगत स्वार्थ भन्दा माथि लागि पार्टीको वृहत्तर हितका लागि काम गर्ने उद्धेश्यले आफूहरु जुटेको जुनसुकै भेलामा सहभागि नेताहरुको भनाइ रहने गरेको छ। 

काठमाडौंमा काँग्रेसका चन्द्र भण्डारी सहित नवप्रभावशाली सात नेताहरुले पार्टी पुनर्जागरणको कुरा उठाएर वक्तव्य नै जारी गर्दा सोहि मुद्धामा सहमति जनाएका ३ केन्द्रीय सदस्य नविन्द्रराज जोशीले संयोजन गरेको १४ केन्द्रीय सदस्य सहभागि वैठकमा पनि भाग लिन भ्याए। बरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री शशाांक कोइराला सहितका नेताहरु समेत सहभागि कार्यक्रममा केहि नेताहरुको अनुपस्थितिलाई धेरैले चासोका साथ हेरेका थिए। अनुपस्थित तीन डाक्टरहरु मिनेद्र रिजाल, शेखर कोइराला र  नारायण खड्काको बारेमा धेरैले जिज्ञासा राखेका थिए। 

काठमाडौंमा रामचन्द्र पौडेल निकट भनिएका नेताहरुको रणनीतिक छलफल भइरहँदा अनुपस्थित पौडेल समुहका एक प्रभावशाली नेता डा मिनेन्द्र रिजाललाई हाम्राकुराले सोधेको थियो तपाइ भेलामा किन अनुपस्थित रहुनभएको ?

नेपाली काँग्रेसले चुनावमा पराजय व्यहोरेपछि पार्टीका औपचारिक फोरमहरुमा छलफल खासै हुन सकेको छैन। औपचारिक रुपमा बसेको फोरम पनि चुनावी समिक्षा लगायतका पार्टीले भविष्यमा उठाउने मुद्धामा बारेमा छलफलमा जुट्न सकेको छैन। यो बेलामा हुने गुटगत भेलाहरु गुटको रक्षा र त्यसको वकालत भन्दा माथि उठेर जान नसकेको अनुभुति आफूलाई भएको सुनाए मिनेन्द्रले। 

गुटको रक्षाका लागि गुटलाई नै प्रश्रय दिने भेलामा जानुभन्दा पार्टीको अन्य काममा रहनुनै उचित देखि आफू भेलामा नगएको उनले बताए। उनले थपे , ' गुटलाई प्रश्रय दिने गुटको भेलामा गइन। '

नेपाली काँग्रेसलाई यतिखेर गुटमा विभाजित काँग्रेस नभइ सवल, सक्षम र एकढीक्का भएको काँग्रेस चाहिएको रिजालले सुनाए। गुटमा विभाजित काँग्रेस सवल, सक्षम र एकढीक्का हुन नसक्ने अनुभव उनको थियो।  

संक्रमणकालिन काँग्रेस नेतृत्व
चुनावको परिणाम पछि काँग्रेसको नेतृत्व संक्रमणकालिन नेतृत्वमा परिणत भएको डा मिनेद्र रिजालको भनाइ छ। यो संक्रमणको अन्त्य कहिले हुने हो अहिले नै एकिन गर्न नसकेपनि एक डेढ बर्षभन्दा वढी जानै नसक्ने उनले बताए। 

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैजना अब संक्रमणकालिन नेता भइसकेको उल्लेख गर्दै रिजालले अब उहाँहरु दुवैजनाको सहज वहिर्गमन गरेर संक्रमण अन्त्य गर्नुपर्ने बताए। 

सभापति देउवा र वरिष्ठ नेता पौडेलले पार्टीलाई दिनुपर्ने जति दिइसक्नुभएको उनले बताए। उनले अगाडी थपे, ' उहाँहरुलाई अरु जति दिन नेतृत्वमा राखिन्छ त्यति संक्रमण अझ वढ्छ। '

दुई नेताको विषयमा रिजालले एक कथाको प्रसङग समेत जोडे। विभिन्न कारणले सम्पति गुमाएको एक वृद्ध व्यक्तिले आफ्नो जीवनको उत्तरार्द्धतिर फेरि कमाउँछु अनि पहिलाकै जति सम्पति पारेर सन्तानलाई हस्तान्तरण गर्छु भनेको झै अहिले काँग्रेसको अवस्था भएको उनले तुलना गरे। अब पनि उनै बृद्ध व्यक्तिले झै आफै कमाएर पुरानै मात्राको सम्पति झै पुरानै स्वरुपको पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्छु भन्ने सोच काँग्रेसको नेतृत्वमा छ भने त्यो गलत हुने रिजालले बताए । उनले भने, ' वृद्ध व्यक्ति झै अब जति दिन अहिलेको नेतृत्व बस्नुहुन्छ त्यति पार्टीलाई फाइदा गर्दैन। वृद्ध ब्यक्तिले छोरा छोरीलाई हस्तान्तरण गरेर सम्पति बचाउने र विस्तारको लागि बाटो खोले झै काँग्रेस नेतृत्वले पनि अब नयाँ पुस्तालाई बाटो खोल्नुपर्ने उनको तर्क थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ