arrow

९ किलोमिटर सडकको भाडा ५ सय ?

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
Mugu-hamrakura.jpg.jpeg

मुगु । गमगढीमा सञ्चालन हुने जिपहरूले यात्रुबाट ९ किमिको ५ सय रुपैयाँ भाडा असुल्ने गरेका छन् । 

गमगढी बजारदेखि ताल्चा विमानस्थलसम्मको करिब ९ किमिमा सञ्चालन हुने जिपले महँगो भाडा असुलेपछि सर्वसाधारण मर्कामा परेका हुन् ।

छायानाथ रारा यातायात व्यवसायी संघले उक्त खण्डको गाडी भाडा सय रुपैयाँ कायम गरे पनि व्यवसायीले भने मनोमानी भाडा असुली गरिरहेका छन् । 

यहाँ दर्जन बढी जिप सञ्चालनमा छन् । मुगुमा डिजेल प्रतिलिटर १२० रुपैयाँसम्म पर्ने भएकाले भाडा बढी लिएको व्यवसायीहरूको भनाइ छ । 

छोटो रुट भएकाले पटक–पटक व्यवसायीलाई भाडा घटाउन अनुरोध गरे पनि बेवास्ता भएको संघका कोषाध्यक्ष रामभक्त रोकाया बताउँछन् । उनले भाडादरमा एकरूपता ल्याउन समितिले पहल गरिरहेको बताए ।

समितिमा आबद्ध गाडीहरू नभएकाले भाडामा एकरूपता ल्याउन समस्या भएको उनको भनाइ छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ