arrow

१६ वर्ष यताको सबैभन्दा जाडो काठमाडौं , तापक्रम शून्य दशमलव ५ डिग्री 

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
cold_kanchanpur.jpg

काठमाडौं । आज विहान पौने ६ बजे १६ वर्ष यताकै सबैभन्दा बढी चीसो मौसम मापन गरिएको छ । अघिल्लो वर्ष १६ वर्ष यताकै सबैभन्दा बढी चीसो भनिएको काठमाडौंमा शून्य दशमलव ८ डिग्री मापन गरिएकोमा आईतबार विहानको तापक्रम त्यो भन्दा कम शून्य दशमलव ५ डिग्रीमा झरेको बताईएको छ । मौसमविद्हरुका अनुसार यो तापक्रम करिव डेढ दशकको सबैभन्दा कम हो । 

अहिले देशको काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा तापक्रम क्रमशः घट्दै गएको छ । मौसमविद्हरुले अझै केही दिन चीसो बढ्दै जाने अनुमान गरेका छन् । पूर्वी र पश्चिम तराइमा पनि जाडो क्रमशः बढेको छ ।  पश्चिमी वायुको प्रभावले अब केही दिन अझै जाडो बढ्ने सम्भावना रहेको मौसमविद्हरु बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ