arrow

बाम गठबन्धनका कारण कांग्रेसको पराजय : रक्षामन्त्री प्रधान

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
pradhan.jpg

खोटाङ । नेपाली कांग्रेसका नेता तथ रक्षामन्त्री भिमसेनदाश प्रधानले नेपाली कांग्रेस हारको प्रमुख कारण बाम गठबन्धन रहेको बताएका छन ।

आइतबार प्रेश युनियन दिक्तेल शाखाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै स्थानीय तहमा पहिलो भएको शक्ति र तेस्रो शक्ति मिलेकाले निर्वाचनको परिणाममा कांग्रेस पराजित भएको तर लोकतन्त्रको बिजय भएको बताएका छन ।

हालै हलेशी बजारमा भएको आगलागीको निरीक्षण गर्न आएका रक्षामन्त्री प्रधानले अब नेपाली कांग्रेसले विपक्षमा बसेर सहयोग गर्ने र आगामी दिनमा लोकतन्त्रलाई सुदृढीकरण गर्दै लैजाने बताएका छन ।

 शनिबार सांझ हलेशी आएका प्रधानले आइतबार हलेशी दर्शन गरि आगलागी पीडितलाई भेटेर सहयोग गर्ने आश्वासन दिएका छन । पुर्ब निर्धारित कार्यक्रम अनुसार सदरमुकाम दिक्तेल स्थित कांग्रेसको पार्टी कार्यलय बिपि स्मृति भबनमा कर्याकर्तालाई प्रशिक्षण सकेर पत्रकार भेटघाट गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ