arrow

चिसोका कारण कोल्ड डाईरियाका बिरामीको संख्यामा बृद्धि

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ पुष २४ सोमबार
Lumbini-Hospital.jpeg

बुटवल । चिसो बढेसंगै लुम्बिनी अञ्चल अस्पतालमा कोल्ड डाईरिया (चिसोबाट हुने झाडा पखाला)का बिरामी बढेका छन् ।

लुम्बिनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार पछिल्लो एक हप्तामा अञ्चल अस्पतालमा ओपिडी सेवामा बिरामीको संख्या घटेको छ भने कोल्ड डाईरियाका बिरामीको संख्या बढेको छ । एक हप्ता यता अस्पतालमा कोल्ड डाईरियाका कारण बुढाबुढी अस्पताल आएका छन् ।

तर ओपिडी सेवामा आउने बिरामीको संख्या भने आधा घटेको छ । चिसोका कारण बिभिन्न खाले समस्या हुने भएकाले चिसोबाट बँच्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । चिसोले बुढा बुढी तथा बच्चालाई बढी प्रभावपार्ने भएकाले बुढा बुढी तथा बच्चालाई सुरक्षित राख्न स्वास्थ्यकर्मीहरुको सुझाव छ । सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) बुटवलका निर्देशक डा. विनोद पराजुलीका अनुसार चिसोबाट बँच्न न्यानो कपडा लगाउनु पर्छ, बिहान–साँझ बढी चिसो हुने समयमा बाहिर निस्किनु हुँदैन ।

मानिसको शरीरको तापक्रममा टाउकोबाट बाहिर जाने भएकाले चिसो मौषममा टोपी अनिवार्य रुपमा लगाउन उहाँको सुझाव छ । निमोनिया तथा दमका बिरामीले आगो बालेर धेरै ताप्नु हुँदैन । निमोनियाँ तथा दमका बिरामीलाई आगोबाट उत्पन्न हुने धुवाँले धेरै दवाउने भएकाले आगो ताप्न नहुने डा. पराजुली बताउछन् । त्यस्तै बालबच्चाको बिशेष सुरक्षा गर्न उनको सुझाव छ ।

चिसोले बच्चाहरुलाई धेरै सताउने भएकाले न्यानो कपडा लगाएर राख्नुपर्ने, तर गुम्याउन नहुने उनले बताउँदै चिसोमा बालबालिकालाई घर बाहिर निकाल्नु नहुने बताए । वालवालिकालाई घर बाहिर निकाल्दा टोपि अनिवार्य लगाउनु पर्ने उनको शुझाव छ ।

त्यस्तै कोठा तातो गराउनकालागि कोठा भित्र आगोबाल्ने र गुम्म राख्नु हुँदैन । त्यसले बालबालिका तथा निमोनियाँ र दमका बिरामीलाई समेत असर गर्दछ । त्यसैले कोठाभित्र आगो नबाल्न तथा कोठाको भेन्टिलेसन खुल्ला राख्न उनले सुझाव दिए । त्यस्तै कोठा भित्र सकेसम्म हिटर नचलाउने र चलाउनै पर्ने भएपनि नजिकै भाडामा पानी राखेर चलाउन डा. पराजुलीले सुझाव दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ