arrow

युवालाई स्वरोजगार बनाउन च्याउ खेती

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ पुष २४ सोमबार
musroom.jpg

पुनर्वास,कञ्चनपुर । उत्पादनशिलता बढाएर स्थानीय स्तरमै युवाहरूलाई स्वरोजगार बनाउने उदेश्यले नेपाल सरकारले ल्याएको कार्यक्रम अनुसार कञ्चनपुरको दक्षिणी भेगको पुनर्वासमा च्याउ खेती तर्फ युवा कृषकहरुको आकर्षण बढेको छ ।

नेपाल सरकारले कृषि क्षेत्रको प्रबर्द्धनका साथै उत्पादकत्व वृद्धि गरि आय आर्जनमा युवा स्वरोजगारमुलक कार्यका लागि नीतिगत कार्यक्रम ल्याए पछि पुनर्वासमा च्याउ खेती आश लाग्दो आर्थिक उपार्जनको माध्यम देखिन थालेको हो ।

कृषि बिकास कार्यालयको आर्थिक सहयोग र प्राबिधिक सहयोगमा कृषि सेवा केन्द्र पुनर्वास द्वारा थालिएको च्याउ खेती तर्फ युवा आकर्षित बनेका छन । सेवा केन्द्रबाट च्याउको बीउ,प्रबिधी र आबश्यक सीपका लागि तालिम तथा प्राबिधिक सहयोगका साथै प्रती कृषक २० हजार सरकारी अनुदान पाए पछि पुनर्वासका युवा च्याउ खेती तर्फ आकर्षित बनेको  सेवा केन्द्रका प्रमुख  एव प्राबिधिक सहायक सुमनराज जोशीले बताए ।

सरकारबाट युवा स्वरोजगार कार्यक्रम अनुसार बीउ,प्रबिधि र नगद अनुदान सहायता पाए पछि आर्थिक उपार्जनका निम्ति व्यावसायिक रुपमा च्याउ खेतिमा लागेको पुनर्वास नगरपालिका -७ का कृषक किरण तामाङले बताए ।

कृषि सेवा कार्यालयले युवा कृषकहरुलाई प्रबिधी,सीप र खेतीमा दक्षता बिकास गराउन नमुना घर निर्माण गरि च्याउ खेतीको प्रदर्शन समेत गरेको छ । छोटो समयमा उत्पादन भइ आर्थिक उपार्जनको भर पर्दो माध्यमका रुपमा देखिएको च्याउको खेतीको बिस्तार आबश्यक रहेको कृषकहरू बताउछन् ।

च्याउ खेतीको बिस्तार प्रबर्द्धन ,अनुदान र प्रचारप्रसार गरि धेरै युवाहरूलाई सहभागी गराउन सरोकारवाला हरुको ध्यान जान सके स्थानीय आर्थिक समृद्धिको बिकल्पको पाटो बन्न सक्ने जानकारहरु बताउछन् ।

यस अघि देखि आर्थिक उपार्जनका लागि मौसमी तथा बेमौसमी तरकारीको व्यावसायिक खेती बाट मनग्य आमदानी गर्दै आएका पुनर्वासका कृषक अहिले च्याउ खेती तर्फ आकर्षित हुँदै आएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ