arrow

कृषि बिकास बैङ्कमा ऋण स्विकृत गर्न पनि मागियो घुस

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
agriculture-bank.jpg.jpeg

चरिकोट । कृषि बिकास बैङ्क चरिकोट शाखामा चरम लापरबाहि भएको तथ्य सार्बजनिक भएको छ । उपशाखाका प्रबन्धक दिपक खतिवडाले पहुँच र पावरका आधारमा ऋणिहरुलाई ब्यबहार गरेको भन्दै साना ऋणिहरुले दुखेसो गरेका छन् । 

ठूला ऋण लिएकाहरुले ऋणको ब्याज समेत नतिरेको र साना ऋणीहरुले एक दुई पटक ब्याज तिर्न ढीलो गर्दा पत्रिकामा नामावली सार्बजनिक गरिएको भन्दै आपत्ती जनाएका हुन् । 

दुई लाख ऋण लिएको तर एक पटक पनि ताकेताको पत्र नकाटी एक्कासी पत्रिकामा नाम सार्बजनिक गरेपछि आफुलाई पुर्बाग्रहि तरिकाले बैङ्कका प्रबन्धकले ब्यबहार गरेको स्थानिय ब्यबसायी प्रभाकुमारी तुलाधरले बताईन् । 

त्यसैगरि २५ लाख सावा भएको र ब्याज तिर्न करिब ५ लाख हुँदा समेत त्यस्ता ब्यापारिले दबाद दिँदा उनिहरुको नाम पत्रिकामा प्रकाशित नगरिएको र नियमित कारोबार राम्रो छ भनि अर्को बैङ्कलाई पत्र समेत दिएपछि बैङ्कमा लापरबाहि भएको खुलासा भएको छ । 

प्रबन्धक खतिवडाले नयाँ ऋण माग्न आएका भिमेश्वर नगरपालिका वडा नम्बर ३ का तिलक थापालाई सबै कागजात जुटाउन लगाएर घुस मागेपछि घुष दिन्न भन्दा आफुलाई ऋण नदिएको आरोप लगाए । 

उनले भने हामी सोझा जनतालाई कि ऋण दिन सकिदैन भन्नु पर्थ्यो कि कागजात जुटाउन लगाएपछि ऋण दिनु पर्थ्यो। 

अर्का ब्यबसायी बिदुर बस्नेतले आफुलाई बैङ्कका प्रबन्धकले पुर्बाग्रही तरिकाले ब्यबहार गरेको बताउँदै नाम पत्रिकामा ननिकाल्ने भए पैसा लाग्ने समेत बताएको आरोप लगाए ।

यसैगरि स्थानियले बैङ्कले नयाँ सेवाग्राहिहरुलाई ऋण दिन्न भने पनि पावर र पहुँचका आधारमा ऋण लगानी गरेको आरोप लगाएका छन् । 

यता उपशाखाका प्रमुख दिपक खतिवडाले बैङ्कले लगानी गरेको ऋण उठाउन यो कदम चालेको बताए । उनले भने कसको नाम निकाल्ने कसको नाम ननिकाल्ने भन्ने  प्रबन्धकको अधिकार भएको जवाफ दिए। 

नाम नभन्ने सर्तमा बैङ्कका एक कर्मचारीले भने हाकिम साब हामीसँग पनि पुर्बाग्रही हुनुभयो, उहाँलाई यसो नगरौं भन्दा मान्नु भएन मलाई नसिकाउनु भन्दै झपार्नु हुन्छ । उहाँलाई हामीले २५ लाख सावा लिएर ब्याज नतिर्ने ऋणीहरुको पनि नाम निकाल्न अनुरोध गर्दा सरुवा गरिदिने धम्की दिएको बताए । 

हालै बैङ्कले ऋण नतिरेको भन्दै ६८ जना ब्यबसायीहरुको नाम राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरेपछि साना ऋणी र पहुँचवाला ठुला ऋणी बिचको बिषयलाई लिएर बिबाद चुलिएको छ ।

बैङ्कले राष्ट्रिय दैनिक पत्रिकामा नाम प्रकाशित गर्नुपर्छ भन्दै ऋणीहरुलाई पाँच हजार रुपैयाको दरले समेत रकम मागेको तुलाधरले बताईन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ