arrow

'न्यायाधीसका छोरा नै न्यायाधीस बन्छन्' 

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
judge.jpg

भोपाल । मानव संसाधन विकास राज्य मन्त्री उपेन्द्र कुशवाहाले न्यायालय परिवारवादले ध्वस्त भएको जनाएका छन् । उनले परिवारवादका कारण न्यायाधीसका छोरा नै भावी न्यायाधीस हुनेगरेको आरोप लगाएका हुन् । पार्टीको भोपाल सम्मेलनमा उनले परिवारवादको मुद्दा उठाउँदै भनेका छन् । अहिलेको न्याय प्रणाली न्याय सिद्धान्त अनुसार छैन । 

भारतबाट प्रकाशित हुने पत्रिका का अनुसार राष्ट्रिय लोक समता पार्टीका अध्यक्ष कुशवाहाले आफ्नो भाषणमा दाबी गरेका छन् कि सर्वोच्च अदालतका ८० प्रतिशत न्यायाधीसहरुको कुनै न कुनै परिवारसँग सम्बन्ध जोडिने गरेको छ । मानव संसाधन विकास राज्य मन्त्रीले अघि भनेका छन्  कि 'न्यायपालिकामा दलित, पिछडिएको तथा  महिलाको पनि प्रतिनिधित्व कम छ ।'

उनले अघि भनेका छन् कि हामीले प्रधानन्यायाधीसको नाम लेख्यौ भने उनीहरुको परिवारको पूरै जानकारी हुन्छ । सामान्य वर्गका मानिसले न्यायाधीस बन्न सक्ने अवस्था छैन । कुशवाहाले न्यायपालिकामा चयन हुने प्रक्रिया माथि समेत प्रश्न उठाएका छन् । उनले न्यायपालिकको चयन प्रक्रिया भारतीय प्रशासनिक सेवाको जस्तै हुनुपर्ने दाबी गरेका छन् । उनले जुडिशियरी आयोगको गठन गर्न समेत सुझाव दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ