arrow

१३औं महाधिवेशनले संविधान कार्यान्वयन गर्ने नेतृत्व दिन्छ : महामन्त्री सिंह

‘पार्टीभित्र केही नेतामा लोकतान्त्रिक पद्धति हराएपछि समस्या भो’

logo
प्रकाशित २०७२ माघ १३ बुधबार
prakashman-singh.jpg.jpeg
भक्तपुर । काँग्रेस महामन्त्री प्रकाशमान सिंहले आसन्न १३औं महाधिवेशनबाट देशमा आर्थिक क्रान्ति र संविधान कार्यान्वयन गर्न सक्ने क्षमता भएको व्यक्ति नेतृत्वमा आउने बताएका छन् ।  
 
नेपाली काँग्रेस मध्यपुर थिमी नगरसमितिले आयोजना गरेको १२ औँ महाधिवेशनपछिको काँग्रेसको समीक्षा एवम् खेलाडी सम्मान कार्यक्रममा महामन्त्री सिंहले कांग्रेसकै नेतृत्वमा संविधान जारी भएकाले संविधान कार्यान्वयनमा आएको जटिलतालाई हटाउँदै संविधानको सफल कार्यान्वयन गर्नसक्ने क्षमता भएको व्यक्ति काँग्रेसको नयाँ नेतृत्वमा आउने बताएका हुन् । 
 
पार्टीभित्रका केही नेतामा आन्तरिक प्रजातान्त्रिक एवं लोकतान्त्रिक पद्धति हराउँदै गएकाले विभिन्न समस्या सिर्जना हुन गएको धारणा राख्दै सिंहले आगामी महाधिवेशनमा जस्तोसुकै परिणाम आएपनि त्यसलाई स्वीकारेर अघि बढ्नुपर्ने बताए । महामन्त्री सिंहले बंगबन्धु गोल्डकप फुटबलको उपाधि जिताउने प्रशिक्षकद्वय उपेन्द्रमान सिंह र बालगोपाल महर्जनलाई सम्मान गरे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ