arrow

एमाले–माओवादी पार्टी संयोजन बैठक : माओवादी नेताहरुको बाटो कुर्दै एमाले नेताहरु

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
UML.JPG

काठमाडौं । पार्टी एकताको खाका बनाउने भन्दै दिउँसो ३ बजेका लागि डाकिएको एमाले माओवादी केन्द्रको एकता संयोजना समिति बैठक शुरु हुन सकेको छैन ।

 साढे ३ बजेसम्म एमाले बरिष्ठ नेता माधव कुमार नेपाल र महासविच ईश्वर पोखरेल मात्रै ओली निवास बालकोट पुगेका छन् । बैठकमा सामेल हुने माओबादी केन्द्रका नेताहरु भने बालकोट पुगेका छैनन् ।

यतिबेला अध्यक्ष ओली सहित नेता नेपाल र पोखरेल माओवादी नेताहरुको बाटो कुरेर बसिरहेको,  ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

एमाले माओवादीले तालमेल गरेर प्रदेश र प्रतिनिधिसभा चुनाव लड्ने र चुनावलगत्तै पार्टी एकता गर्ने निर्णय गरेका थिए । यो निर्णय भएको तीन महिनापछि पहिलोपटक एमाले माओवादी पार्टी संयोजन समितिको बैठक पहिलो पल्ट बस्न लागेको हो ।
 
बैठकले एकिकृत पार्टी गठनका लागि राजनीतिक, बैचारिक र पद बाँडफाँटको विषय मिलाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने नेताहरुले बताएका छन् । एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष ओली सहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल सहित माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड सहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ