arrow

युरोप हिमपातको चपेटामा, हजारौं अलपत्र

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
himpat.jpg

काठमाडौं। भारी हिमपातका कारण युरोपको जनजीवन अस्तव्यस्त भएको छ। हिमपातका कारण फ्रान्स, इटली र स्वीट्जरल्यान्डका विभिन्न स्थानमा हजारौं पर्यटक अलपत्र परेका छन्। स्वीट्जरल्याण्डको स्की रिसोर्टमा फसेका झण्डै १३ हजार पर्यटकलाई हेलिकोप्टरमा ओसार्ने काम भइरहेको छ। कतिपय स्थानमा ३९ इञ्चसम्म हिउँ जमेको छ । रिसोर्टभित्र रहेका पर्यटकहरु बाहिर निस्कन सकेका छैनन्।

उनीहरुको उद्दारको प्रयास भइरहेको अधिकारीहरुले बताएका छन् । फ्रान्स र स्वीट्जरल्यान्डमा १० वर्षयताकै बढी हिमपात भएको बताइएको छ।यसैबीच इटलीको एउटा पाँच तले भवन हिम पहिरोमा परेको छ । त्यहाँ रहेका २९ जनाले भने भागेर ज्यान जोगाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ