arrow

जनादेश अनुसारको सरकार गठन हुनुपर्छ : कमल थापा

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
kamal-thapa-1.jpg.jpeg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले जनादेश अनुसारको सरकार गठन हुन नसके मुलुक पुनः अस्थिरतातर्फ धकेलिने बताएका छन् ।
 
रिपोर्टर्स क्लबले बुधवार आयोजना गरेको अन्तक्र्रियामा उनले वाम गठबन्धनको पक्षमा जनमत देखिएको अवस्थामा उनीहरुलाई फुटाएर सरकार निर्माण गर्नु जनचाहनामाथि कुठराघात हुने बताए ।  संविधान निर्माणका क्रममा रहेका केही कानुनी अस्पष्टताले नयाँ सरकार गठनमा ढिलाइ भएको स्वीकार्दै उनले भने – ‘राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदले पूर्णता पाउँछ । त्यसपछिको साता दिनभित्र सरकार निर्माण हुन्छ ।’

प्रदेशको अस्थायी राजधानी तोक्ने र संयोजक नियुक्त गर्ने विषय संवेदनशील भएको र त्यसमा वाम गठबन्धनको सहमतिको खाँचो रहेको उनले औँल्याए  ।

उनले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको स्मरणमा पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश मनाउन आफ्नो पार्टीले सार्वजनिक विदा माग गर्दै आएकामा सरकारले यसपटक विदा दिएको र त्यसमा सबै दलको सहमति रहेको प्रष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ