arrow

न्यूरो अस्पताल : विरामीसँग महंगो शुल्क असुली, सरकारलाई शून्य 

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
neuro-hospital.jpeg

काठमाडौं । बाँसबारी स्थित न्यूरो अस्पतालले विरामीबाट चर्काे शुल्क असुली गरेपनि सरकारलाई तिर्नुपर्ने कर भने छल्दै आएको भेटिएको छ । काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको साँधमा पर्ने सो अस्पतालले नगरपालिका र महानगरलाई समेत कर तिरेको छैन । तर, विरामीसँग बढी शुल्क उठाएपछि अस्पताललाई आपूर्ति विभागले कारबाहीको लागि सिफारिस गरिसकेको छ । 

आपूर्ति विभागको टोली अनुगमनको क्रममा एक सेवाग्राहीसँग १० प्रतिशत अतिरिक्त शुल्क उठाएको भेटेपछि अस्पतालको कागजातहरु लिएर आएको थियो । विभागले कतिपय शीर्षकमा अस्वभाविक शूल्क लिएको भेटेको थियो भने सबै शीर्षकमा शुल्क असुलीसकेपछि फेरि पनि सेवा शुल्क भनेर अतिरिक्त १० प्रतिशत लिएर ठगि गरेको विभागले जनाएको छ ।  

सो अस्पतालमा विरामी माथि शुल्कमा चरम लापरबाही गर्ने गरेको गुनासो आएपछि यही महिनाको पहिलो साता आपूर्ती व्यवस्थापन तथा उपभोक्ता हित सम्बन्ध विभागले छानविन गर्न टोली अस्पतालमा पुगेको थियो । विभागकोे टोलीले सो अस्पतालमा सबै शीर्षकमा रकम असुली गरेपछि पनि १० प्रतिशत अतिरिक्त सेवा शुल्क बापत रकम असुली गरेको भेटेको थियो । अहिले विभागले महानगरीय प्रहरी परिसर काठमाडौंलाई ठगि मुद्दामा कारबाही अघि बढाउनको लागि लेखेर पठाएको छ । 

आपूर्ति विभागका अनुसन्धान अधिकृत रमेश काजी श्रेष्ठले अस्पताल जस्तो संस्थामा पनि विरामीहरु ढुक्कसँग उपचार गराउन सक्ने अवस्था नरहेको भेटिएपछि आफूहरुले कारबाहीको लागि सिफरिस गरिएको जनाएका छन् । उनले उपभोक्तालाई एक रुपैयाँ पनि अतिरिक्त शुल्क लिन नपाईने भन्दै सबै शीर्षकमा महंगो महंगो शुल्क लिएर अन्तिममा फेरि अर्काे शीर्षकमा शुल्क लिएकोले त्यहाँ ठगि भएको विभागको ठहर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ