arrow

ज्ञानेन्द्र र योगी आदित्यनाथलाई भेट गराउने खुमबहादुर खड्का पो ?

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
gyanendra1.jpg

काठमाडौं । उपचारका लागि भारत पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता गराएको खुलासा भएको छ । 

मृगौलाको उपचार गर्ने भन्दै गत आइतबार भारतको राजधानी नयाँदिल्ली पुगेका कांग्रेस नेता खड्काले उत्तरप्रदेश आएर पूर्वराजा ज्ञानेन्द्र शाह र योगी आदित्यनाथबीचको भेटघाटको चाँजोपाँजो मिलाएको उच्च स्रोतले जनाएको छ । 

हिन्दूराष्ट्रको अभियान नै चलाएका नेपाली कांग्रेसका नेता खड्काले मुलुकमा संवैधानिक राजसंस्था आवश्यक रहेको बताउँदै आएका छन् । 

खड्काकै डिजाइनमा पूर्वराजा ज्ञानेन्द्र शाह मध्य र सुदूरपश्चिमका जिल्लाहरूको भ्रमणमा गएको बताइएको छ । 

खड्काको आग्रहपछि पूर्वराजा शाह दाङ जिल्लामा रहेका गुरु गोरक्ष रत्ननाथ र अम्बिेश्वर मन्दिरको दर्शन गरेर फिर्ता भएका थिए । 

पूर्वराजा शाहले दाङको घोराहीस्थित चौधेरमा रहेको गुरु गोरक्षरत्ननाथ बाबाको मन्दिरमा पुगेर पूजा गर्नुको ठूलो रहस्य छ । 

गुरु गोरक्षरत्ननाथ बाबाको मन्दिरबाट प्रत्येक वर्ष फागुनमा मूर्ति लिएर योगी आदित्यनाथ महन्थ रहेको उत्तरप्रदेशको तुलसीपुरस्थित मन्दिरमा जाने गरिन्छ । 

यो परम्परा झण्डै एक समय वर्षदेखि चल्दै आएको छ । खड्काकै डिजाइनमा पूर्वराजा शाहले योगी आदित्यनाथलाई प्रभावमा पार्न चौघेरामा रहेको गुरु गोरक्षरत्ननाथ बाबाको मन्दिरमा पुगेर दर्शन गरेका थिए । 

त्यसपछि पूर्वराजा शाह नेपालगञ्जको रुपैडिहवा हुँदै उत्तरप्रदेश पुगेर योगी आदित्यनाथसँग भेटेको खड्काका एकजना सहयोगीले बताए । 

आउने फागुन महिनामा पनि गुरु गोरक्षरत्ननाथ बाबाको मूर्तिलाई कृष्णानगर हुँदै तुलसीपुर लगिनेछ । 

माओवादी द्वन्द्व हुनुभन्दा अगाडि घोराहीबाट लमही, गढवा, कोइलाबास हुँदै गुरु गोरक्षरत्ननाथ बाबाको मूर्तिलाई पूजारीले काखमा राखेर हिँडेर उत्तरप्रदेशको तुलसीपुरसम्म पु¥याउने परम्परा थियो । 

माओवादीको धम्कीका कारण हिँडेर जाने परम्परालाई थाँती राखेर बसबाट जाने गरिएको छ । 

दाङ जाने बेला पूर्वराजा नेपाली कांग्रेसका नेता खड्काको निवास सत्बरिया हुँदै घोराही पुगेका थिए । सत्बरियामा खड्काको घर पर्छ । 

सत्बरियामा केही समय स्थानीयसँग भलाकुसारी गरेर पूर्वराजा शाह लमही हुँदै घोराही गएका हुन् । सत्बरियामा पूर्वराजा शाह आएर केही समय बसेका थिए । तर, खड्काको डिजाइनमा पूर्वराजा शाह आएको सुईको कसैले पाएका छैनन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ