arrow

हेटौँडामा क्रिकेट मैदान तयार 

logo
प्रकाशित २०७४ पुष २८ शुक्रबार
cricket-ballhitting-wickets.jpg.jpeg

हेटौँडा । मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । 

मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो । 

मैदान तयार हुन २ वर्ष लागेको आयोजकले जनाएका छन् ।     

करिब रु ३० लाखको लागतमा क्रिकेट पिच, मैदानसहित मर्निङ ट्र्याकसमेत निर्माण भएको छ । सरकारी बजेटमा निर्माण भएको यो क्रिकेट मैदान राष्ट्रिय प्रतियोगिता र अभ्यासका लागि उपयुक्त रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए । 

हुप्रचौरमा विगतमा खाल्डाखुल्डीका साथै झाररहित मैदान र उपयुक्त पिचबिनै क्रिकेट प्रतियोगिता र अभ्यास गर्नु बाध्यता रहेकाले पनि मकवानपुरे क्रिकेटको विकास हुन नसकेको अवस्थामा नवनिर्मित मैदानले उत्साह थपेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ । 

उनका अनुसार हुुप्रको १४० मिटर लम्बाइ र १२० मिटर चौडाइको जमिनलाई उपयुक्त क्रिकेट मैदानका रुपमा निर्माण गरिएको हो । क्रिकेट विकासमा अगाडि बढिरहेको मकवानपुरलाई हुप्रमा राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुनु महत्व र गौरवको विषय बनेको छ । 

क्रिकेट विकासकै लागि भनेर छुट्ट्याइएको रु १५ लाखमा केही रकम एथ्लेटिक्स संघ, मकवानपुरले म्याराथुन ट्र्याक निर्माणमा खर्चिएको समिति अध्यक्ष तिमल्सिनाले बताउनुभयो । मकवानपुरमा उपयुक्त म्याराथुन ट्र्याक पनि निर्माण भएको छैन । 

करिब रु चार लाख खर्चिएर निर्माण गरिएको म्याराथुन ट्र्याकले भने पूर्णता पाएको छैन । बजेटको अभावमा म्याराथुन ट्र्याकलाई पूर्णता दिन नसकिएको एथ्लेटिक्स संघ मकवानपुरका अध्यक्ष प्रभाकर पाण्डेले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ